|

ढुकुटीमा असफल भएपछि एक महिलाद्वारा प्रहरी हिरासतमैआत्महत्या


 काठमाडौं ,६ चैत,। ढुकुटी खेलाउन असफल भएपछि एक महिलाले आइतबार बिहान प्रहरी हिरासतमै आत्महत्या गरेकी छन् ।
धादिङ थाक्रे घर भई हाल कुलेश्वर बस्दै आएकी भवानी लामाले महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासत कक्षमै रहेको शौचालयको गि्रलमा सारीको पासो लगाएर आत्महत्या गरेकी हुन् । ढुकुटी खेलाउने नाममा विभिन्न व्यक्तिसाग पैसा सापटी लिई फरार भएकी भवानीलाई प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको थियो । गत फागुन २१ गते भवानी एकाएक हराएपछि उनका पति चन्द्रबहादुर तामाङले पत्नी खोजिदिन भन्दै प्रहरीमा निवेदन दिएका थिए । त्यसको भोलिपल्टै ठगिएका ४० जनाले भवानीविरुद्ध उजुरी दिएका थिए ।
सामान्य लेखपढ गर्न जानेकी भवानी विभिन्न व्यक्तिबाट ४० तोला सुन लिई सोल्टीमोडस्थित पन्च एन्ड सन्स ज्वलेलर्समा राखेर लाखौं रकम निकालेकी थिइन् । यसरी सापटी लिएर रकम लिएर ढुकुटी खेलेको भए पनि उनी असफल भएको राजधानी दैनिकले समाचार प्रकाशन गरेको छ । 
स्रोत :ओनलाइन खबर 

Posted by Butwalonline on 6:50 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ढुकुटीमा असफल भएपछि एक महिलाद्वारा प्रहरी हिरासतमैआत्महत्या"

Leave a reply