|

यू.ए.ई.मा ९ (नौ) बुदे कार्यपत्र घोषणा गर्दै आदिबासी जनजाती युवा परिषद गठन




                 यहि १५ मार्चका दिन यू.ए.ई.को आइ कार्ड एरियामा सम्पूर्ण आदिवासी जनजातिहरुको प्रतिनिधित्तो भएको बृहत भेला संम्पन्न भएको छ | सम्बिधान निर्माणको आन्तिम चरणमा चारैतिरबाट सम्बिधानमा आ-आफ्ना अधिकारलाई सुनिश्चित गर्न प्रयास भैरहेको महत्वपुर्ण समयमा यू.ए.ई.मा कार्यरत सामाजिक संघ सस्थामा बिशेष रुपमा स्थापितहुन सफल सचेत जनजातिका युवाहरुले दबाबमूलक रुपमा आदिवासी जनजातीहरुको अधिकार र जातीय सम्मानलाई अब बन्ने सम्बिधानमा ग्यारेन्टी गर्न दबाब दिने उद्देश्य सहित यो नयाँ संरचनाको गठन गरिएको बताईन्छ !
                     लामो समय देखि आदिवासी जनजातिको क्षेत्रमा बिशेष योगदान दिदै आउनु भएका हरि घर्ति मगर को संयोजकत्वमा नेपाली समाजमा चित परिचित नामहरु  विनोद राई, सुरथ प्रधान, आशिष राई, गोविन्द श्रेष्ठ  र भिम तामाङ्ग जस्ता युवाहरुको मार्च ९ तारिख देखिको घनाभुत छलफल पश्चात भएको मार्च १५ को सो भेलाले नयाँ संरचना को निर्माण गरेको हो । हरि घर्ति मगरले साथीहरुको सल्लाह र सुझाबलाई समेट्दै तयार पार्नु भएको कार्यपत्रलाई १५ मार्चका दिन बसेको भेलाले सुझाब सहित सर्ब सम्मत पारित गर्दै घोषणा गरेको हो !
                     लगभग सम्पूर्ण जनजातिहरुको समानुपातिक प्रतिनिधित्त्व गराउदै गठन गरिएको २७ सदस्य केन्द्रिय कार्यसमितिको अध्यक्षमा हरि घर्ति मगर हुनुहुन्छ भने  उपाध्यक्षमा समेत क्रमश, आसिष राई ,मोहन कुमार तामाङ्ग, गोविन्द श्रेष्ठ, देवलाल चौधरी, दिपराज युवहाङ्ग लिम्बु र योगन गुरुङ्ग रहेका छन् भने महासचिव-विनोद राई ,सचिव-सुरथ प्रधान, कोषाध्यक्ष-लाल बहादुर तामाङ्ग, सह-कोषाध्यक्ष दिपेन्द्र राई र प्रवक्ता भिम तामाङ्ग रहेका छन् ! त्यसैगरी सदस्यमा क्रमश: युवराज राजवंशी, विकाश थापा मगर, विद्यासागर लिम्वु, मेघ तामाङ् , संदिप खेवा तामाङ्  ,ललित श्रेष्ठ, दिनेस माझी, जोन लिम्बु, दिलीप पाख्रीन, सन्त तामाङ् , रमेश राई, दिपक पुन मगर, हेमन गुरुङ्, अमित चौधरी र हेम थापा मगर रहेका छन् |
 त्यस्तै गरी हरी घर्तिमगरको सम्योजकत्वमा विनोद राई, सुरथ प्रधान, आशिष राई, गोविन्द श्रेष्ठ दिपराज  लिम्बू र भिम तामाङ् सहितको ७ सदस्य रहेको विधान निर्माण मस्यौदा समिति वनाईएको छ । यसरि १५ मार्च २०१२ मा नेपाली आदिवासी जनजाती यूवाहरुको यूएईको आईकार्डमा भएको बृहत भेलाबाट पारीत भएको ९ बुँदे कार्यपत्र निम्न अनुसार रहेको छ ।
१ ,संयुक्त राष्ट्रसंघको आदिवासी जनजाति अधिकार संवन्धी घोषणापत्र अन्तराष्ट्रिय श्रम संगठन महासन्धि १६९ एंव अन्तराष्ट्रिय मानव अधिकारको दस्तावेजमा प्रत्याभूत भएका हाम्रा हक अधिकारका वारेमा अन्तर संवाद गर्ने ।
२, साढे २ सय बर्ष देखिको जातिय उत्पीडन जातिय विरोध एवं जातिय उपनिवेशी कारणबाट मुक्तिको निम्ती साधैं सार्वभैम भै राष्ट्रिय अखण्डतालाई बाचर्य राख्न अन्तर निह जन्म सिध्द अधिकार जातिय पहिचान सहितको स्वयत र सुसासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल का लागि निर्माणको क्रममा रहेको संविधानमा हाम्रा हक अधिकार सुनिश्चिनकालागि राष्ट्रिय पक्ष एवं राजनैतिक दलका नेताहरुले खेलेको भूमिकाको विश्लेशणात्मक अन्तर संवाद गर्ने ।
३, आदिवासी जनजातीहरुको आत्म निर्णयको अधिकार सहित जातिय स्वसासनको निम्ती लामो समय देखी विभिन्न आन्दोलन मार्फत गरीएको माग र नेपाल सरकारले हामीहरुसंग विभिन्न समयमा गरेका सहमति एवं संझौतावारे अन्तरसंवाद गर्ने ।
४, संविधकन समयमा आदिवासी जनजातीको प्रतिनिधित्व एवं मानिनिय आदिवासी जनजाती सभासदहरुले खेलेको भूमिका बारे प्रशंसा गर्दै ेएकावद्दता जनाउदै आवस्यक पर्ने सबै सहयोगमा आवश्यक पहल गर्ने ।
५, आदिवासी जनजाती दलित महिला मुशलमान एवं अन्य अल्पसंख्यहरुको अधिकारको ग्यारेन्टी भएको संविधान निर्माणको लागि जन दवाव सृजना गर्न परिषदको नेतृत्वमा नेपाली दूतावास यूएई मार्फत संविधान सभा प्रधान मन्त्री एवं राजनैतिक दलहरुका ज्ञापन पत्र पठाउने ।
६, यूएईमा रहेका हाम्रा आदिवासी जनजाती महासंघ र यहाँ स्थापित हाम्रा जातिय संगठनहरुसंग हाम्रा साझा सवालमा अन्तर संवाद गर्दै जातिय हक अधिकार जातिय चेतना संवन्ध उनीहरुले खेलेको भूमिकाको समालोचना गर्ने ।
७, यूएईमा रहेका हाम्रा आदिवास्ी जनजाति शिक्षित बुद्धिजिवी समाजसेवी राजनैतिक कर्मि व्यवसायी पत्रकार कलाकार साहित्यकार जातिय ज्ञानका विज्ञ अनुभवि एवं संम्पूर्ण आदिवासी जनजातिसाथीहरुको साँझा पहल एवं सहयर्कामा आदिवासी जनजाति उद्धार कोष स्थापना गर्ने र उक्त कोष परिषदको निर्णय अनुसार दैवी प्रकोप आकस्मीक दुर्घटना मृत्यु एवं मानसीव अवस्थाका विविध अवस्थामा राहत प्रदान गर्ने गराउने ।
८, हाम्रा आदिवासी जनजातिका पहिचानका रुपमा रहेका हाम्रा धर्म संकृति भाषा कला एवं लिपिको संरक्षा र संवद्र्धन गर्ने ।
९, आदिवासी जनजाति कलाकार साहित्यकार खेलागि लगायतका अन्य प्रतिभाहरुलाई प्रोत्साहित गर्न आर्थिक सहयोग मेडल कदर पत्र सम्मान पत्र आदिको व्यवस्था गर्ने ।
                प्रवाशमा भएका संम्पूर्ण आदिवासी जनजाति युवाहरूलाई युवा परिषदमा आबद्द हुन आव्हान गर्दै नेपाली आदिवासी जनजातिमा सुचिक्रृत भएका १० आदिवासी जनजातिहरुको प्रतिनिधित्व भएको  नवनिर्वाचित अध्यक्ष हरि घर्तिमगरले बताउनु भयो |

Posted by Anonymous on 6:43 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यू.ए.ई.मा ९ (नौ) बुदे कार्यपत्र घोषणा गर्दै आदिबासी जनजाती युवा परिषद गठन"

Leave a reply