जनसम्पर्क समिति नेदरल्याण्डसले रोल्पामा शहिदका नाममा शान्तिका लागि शिक्षा परियोजना अन्तर्गत विधालय भवन निर्माण गर्ने
प्रजातन्त्र प्रेमी, नेपाली कांग्रेस समर्थक विदेशमा बस्ने नेपालीहरुको संगठन नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसले शान्तिका लागि शिक्षा परियोजना अन्तर्गत रोल्पा जिल्लाको करेटी गा.बि.स.मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालयको लागि २ कोठे पक्कि भवन निर्माण गर्ने भएको छ।
अध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरि) का अनुसार १२ वर्षे शशस्त्र द्वन्दको मुल्यांकन गर्ने जिम्मा इतिहासलाइ सुम्पदै शान्तिको मार्गमा वामे सर्दै गरेको हाम्रो मुलुकको यो विशिष्ट समयमा नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसले ‘शान्ति र विकासका लागि नागरिक कर्तव्य’ भन्ने मुल मर्मलाई आत्मसात गर्दै माओवादी विद्रोहका नाममा शुरु गरिएको नागरिक हत्याका शहीदको स्मरणमा एक शान्तिका लागि शैक्षिक परियोजना संचालन गर्दैछ।
प्रजातन्त्रमा विश्वास राखि मुलुकको जेठो प्रजातान्त्रिक पार्टि नेपाली कांग्रेसमा आवद्द भएका कारणले तत्कालिन नेकपा माओवादी द्धारा संचालित तथाकथित जनयुद्दका नाममा मिति २०५२ फागुन १५ गते रोल्पा जिल्ला करेटी गाविस वार्ड नं. २ निवासि नेपाली कांग्रेसका क्रियाशिल सदस्य शहिद दिल बहादुर घर्तिलाई सिवाङखोला काभ्रेघाटको गोठमा राति १०:३० वजेको समयमा तत्तकालिन माओवादि विद्रोहिहरुद्वार गोलि हानि निर्मम हत्या गरिएको थियो। शहिद घर्तिका १ श्रीमति सहित २ छोरा र ३ छोरीहरु छन।
वि.सं. २०१९ सालमा स्थापित कमजोर भौतिक अवस्थामा रहेको श्री नेपाल प्राथमिक विधालयमा निमावि संचालनको लागि पक्कि २ कक्षा कोठा निर्माण गरिने लक्ष्य राखिएको छ। हाल कक्षा ५ सम्म संचालित उक्त विधालयमा छात्रा ५५ र छात्र ४६ समेत गरि जम्मा १०१ जना विधार्थि अध्ययन गर्दछन। प्राविधिकको इस्टिमेट अनुसार परियोजनाको प्रारम्भिक लागत खर्च सात लाख लाग्ने जनाइएको छ।
परियोजना मुल समिती सदस्यहरुका अनुसार परियोजनाले २ लक्ष्य लिएको छ। प्रथम लक्ष्य भनेको जडसुत्रमा आधारित रहेर नागरिक हत्यागर्ने वर्वर कम्युनिष्ट शैलिका शिकार बन्नु भएका सहिद दिल बहादुर घर्तिको पार्थिव शरिर मरेर गए पनि उनले बोकको विचार, आदर्श र सिद्दान्त अमर र अटल छ भनि प्रमाणित गर्नु हो।
त्यसै गरि दोस्रो लक्ष्य भनेको लोकतन्त्र, कानुनि शाशन, उचित भौतिक संरचना, आधुनिक एवं वैज्ञानिक शिक्षा पद्दति, जन उत्तरदायी सरकार, जस्तै सकरात्मक सोचाइ बोकेका आत्म-निर्भर र कर्तव्यपरायण नागरिक हामि सबैले चाहेको समृद्द समाज निर्माणका न्यूनतम आधारहरु भएकाले हाम्रा अधिकारहरु भन्दा कर्तव्यहरु झनै महत्वपुर्ण हुन्छन भन्ने कुराको मनन गर्नु पनि हो। यस परियोजनले हामि नेपालिहरु आफैले पनि देशको विकासमा टेवा पुराउन सक्नु पर्छ भन्ने मान्यता पनि बोकेको छ।
नेदरल्याण्डसमा रहेका नेपालीहरु जो नेपाल, नेपाली, प्रजातन्त्र र कांग्रेस प्रति निष्ठावान छन् उनीहरुले गर्न लागेको शान्तिका लागि शिक्षा परियोजना, नेपाली गरिब निमुखा जनताहरुको थोपा थोपा पसिनाको कमाईले आफ्नै भुँडी भर्न मस्त तथा आ-आफ्ना सन्तानहरुलाई राजकुमार, राजकुमारी बनाउन ब्यस्त नेताहरुको मुखमा कसिलो मुक्का साबित हुने बताउछन बुझ्रुकहरु। वास्तवमा जुन व्यक्तिले आफ्नो कर्तव्यको ख्याल गर्दैन त्यो व्यक्ति संग अधिकारको माग गर्ने नैतिक बल पनि हुंदैन। विकास र निर्माणका लागि सरकार र विदेशि दातृ राष्ट्र र संस्थाको मात्र मुख ताक्नाले हामिमा चरम परनिर्भरता हावि हुन्छ जुन कुरा स्वावलम्वि समाज निर्माणको प्रथम वाधक हो। तसर्थ आसा गरौं जन-सम्पर्क समिति नेदरल्याण्डसको यो पहलले विदेशमा रहेका नेपालीहरुलाइ नेपालको हितमा यस किसिमका नमुना कार्यक्रम गर्न उत्प्रेरित गर्ने छ ।