नेपाली कांग्रेसका युवा नेता गगन थापा मार्च २७ मा नेदरल्याण्डस आउने
चन्द्र के.सी.,नेदरल्याण्डस,फाल्गुन ३० नेपाली कांग्रेसका युवा नेता गगन थापा मार्च तेस्रो साता नेदरल्याण्डस आउने भएका छन् । जन सम्पर्क समिति नेदरल्याण्डसको साधारण सभामा प्रमुख अथितिको रुपमा भाग लिन नेता थापा पोर्तुगलहुदै नेदरल्याण्डस आउन लागेका हुन् । नेपाली कांग्रेस भित्र प्रखर बक्ताका रुपमा चिनिदै आएका नेता थापा जन आन्दोलन -२ देखि सदैब चर्चाको शिखरमा छन् । कांग्रेस महाधिबेशनमा केन्द्रीय सदस्य मा सर्बाधिक मत ल्याएर बिजय भएपछि उनको चर्चा झन् बढेको छ । स्पष्ट बक्ता तथा भाषण शैलीका कारण उनले सम्बोधन गर्ने हरेक कार्यक्रममा जनमानसको ठुलो घुईचो लाग्ने गर्दछ ।
नेपाली जन सम्पर्क समिति नेदरल्याण्डसका अध्यक्ष ठाकुर प्रसाद शर्मा(मनोहरी) का अनुसार यहि मिति :- २७ मार्च २०१२,मंगलबार, समय :- दिनको ११.०० बजे बाट १६.०० बजे सम्म, स्थान :- Jacob Catskade 11,1052 Amsterdam (NRNNL ले २०११ बडा दशैं आयोजना गरेको हल ) नेपाली जन सम्पर्क समिति नेदरल्याण्डस को साधारण सभा हुँदै छ। साधारण सभा लाई भव्यताका साथ् सम्पन्न गर्न समितिले यसअघि विभिन्न उपसमितिहरु गठन गरिसकेको छ, साथै समितिले सदस्यता नवीकरण र नया सदस्यता वितरणको प्रक्रिया लाई समेत तिब्रता दिएको छ। कांग्रेस नेता गगन थापा को आगमनको खबरले नेदरल्याण्डस स्थित कांग्रेसका कार्यकर्ताहरु तथा प्रजातन्त्रप्रेमी माझ नया तरङ्ग पैदा हुने बताउछन समितिका सदस्यहरु।

