|

पाल्पामा पनि अतिक्रमित घरटहरा हटाइने

मुक्तिप्रसाद न्यौपाने
फागुन ३०, पाल्पा
सिद्धार्थ राजमार्ग र तानसेन तम्घास सडक अतिक्रमित गरेर निर्माण गरिएका घर, टहरा, छाप्रा तथा संरचनाहरु हटाइने भएको छ ।
तानसेन नगरपालीकाका सडक र खानोपानी कार्यालयले सूचना प्रकाशित गरेर सार्वजनिक सडक ऐनको दोस्रो संसोधन २०४६ सहित जिल्लामा सार्वजनिक जग्गा अतिक्रमणबाट जोगाउन प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरेको अध्यक्षतामा सरकारी वा संस्थान कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको समितिले यस्तो निर्णय गरेको हो ।
प्रकाशित सूचनामा सिद्धार्थ लोकमार्गको चिडियाखोलादेखी राम्दी सडक खण्डमा २५ मिटर र तानसेन तम्घास सडक खण्डमा १५ मिटर सडको दायाँ बायाँ निर्माण भएका संरचनाहरु ३० दिनभित्र हटाउन अनुरोध छ । दुवै स्थानका सडक आसपासमा स्थानीयबासीले जमिन कब्जा गरेर बसोबास र खेतीपाती समेत गर्दै आएकाछन् ।
सिद्धार्थ राजमार्ग र तानसेन तम्घास सडक छेउमा सडक डिभिजनको स्वीकृति विनानै घरहरु बनिरहेकाछन् तर ऐनमा सडक विभागको स्वीकृति प्राप्त नगरी कसैले सार्वजनिक सडकसँग जोडिनेगरी प्रवेश मार्ग बनाउन नपाइने व्यवस्था छ । तानसेन नगरपालीकाले भने घरटहरा बनाउनकालागि स्वकिृति दिएको छ ।

Posted by Journalist Mukti on 9:33 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पामा पनि अतिक्रमित घरटहरा हटाइने"

Leave a reply