जैविक प्रदूषणको चपेटामा कालीगण्डकी
हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुको अंशका रूपमा पूजाआराधना गर्ने र विश्वमै दुर्लभ शालिग्राम शिला पाइने विश्वको एकमात्र नदी हो( कालीगण्डकी । अहिले यो नदी जैविक प्रदूषणको चपेटामा पर्न थालेको छ । कालीगण्डकी नदी हिमालयबाट हिउँ पग्लेर मुक्तिनाथको स्पर्श गर्दै विभिन्न खोला समेटी बग्दै आएको छ । बढ्दो शहरीकरण र जलवायु परिवर्तनका कारण कालीगण्डकी प्राकृतिक र मानवीय दुवैतर्फबाट प्रदूषित बन्दै गएको छ ।
जलवायु परिवर्तन र मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित भएको छ । यसले नदीको अस्तित्वसमेत खतरामा परेको वातावरणविद्हरूको भनाइ छ । तापक्रम वृद्धिसँगै हिमालको हिउँ पग्लने क्रम बढ्दै जाँदा कालीगण्डकीको बहावमा आएको परिवर्तनले नदी क्षेत्रवरपरको जमीन भासिँदै गएको छ । नदी अत्यधिक प्रदूषित भएपछि विगतमा कञ्चन र सफा देखिने कालीगण्डकीको पानी अहिले कालो, बाक्लो देखिनुका साथै गन्हाउन थालेको छ ।
उद्योग तथा कलकारखानाबाट निस्कने फोहोर मैला, रसायनयुक्त पानी र अनियन्त्रित रूपमा ढल मिसाउनाले कालीगण्डकी नदीको पानी अत्यधिक प्रदूषित बन्न गई पर्यावरणीय दृष्टिकोणले पनि यो नदीको अस्तित्व खतरामा पर्न थालेको छ ।
दामोदरकुण्डदेखि मुस्ताङको जोमसोम, म्याग्दीको बेनी, बागलुङ, पर्वतको कुश्मा र गुल्मीको रिडी बजारसम्म पुग्दा कालीगण्डकी नदीमा प्रशस्तै जैविक तथा औद्योगिक फोहोर मैला थुप्रिने गर्दछ । यसले गर्दा महत्त्वपूर्ण जलसम्पदा तथा धार्मिक आस्थाको प्रतीक कालीगण्डकी नदी प्रदूषित हुन पुगेको छ ।
प्रदूषणका कारण नदीमा आएको जैविक, भौतिक तथा रासायनिक परिवर्तनका कारण आफ्नो मौलिक गुण नष्ट गरी अक्सिजन उत्सर्जन चक्रमा समेत नकारात्मक असर पर्न थालेको छ । यसले जल वनस्पतिको प्रकाश संश्लेषण प्रक्रियामा पनि प्रभाव पारेको वातावरणविद्हरूको भनाइ छ ।
प्रदूषणका कारणस्
नदीछेउको जमीन अतिक्रमण भई पानीको बहाव साँघुरो बन्दै जानु, औद्योगिक फोहोरमैला तथा रसायनयुक्त पानी र ढललाई नदीमा मिसाउनु, नदीछेउमा उद्योग कलकारखाना र घनाबस्ती हुनु, ठाउँठाउँमा सार्वजनिक शौचालयको व्यवस्था नहुनु, फोहोर व्यवस्थापनसम्बन्धी वैज्ञानिक कदम चाल्न नसक्नु तथा प्रभावकारी ऐन, कानून र नियमको अभाव हुनुजस्ता कारणले दिनानुदिन कालीगण्डकी नदी प्रदूषित बन्दै गएको छ ।
ुकालीगण्डकी नदी व्यवस्थापन तथा प्रदूषणमुक्त गर्न सरकारले हालसम्म कुनै योजना र कार्यक्रम ल्याउन सकेको छैन,ु नेपाली काङ्ग्रेस, म्याग्दीका सचिव क्याप्टेन मीनबहादुर कार्कीले भने, ुकालीगण्डकी बचाउ अभियानुका लागि सरकारले एउटा छुट्टै आयोग गठन गरी आवश्यक दीर्घकालीन गुरुयोजना तर्जुमा गर्नुपर्छ । साथै त्यसको प्रभावकारी कार्यान्वनमा समेत ढिला गर्नु हुँदैन ।ु
ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण एवम् वातावरणीय हिसाबले संवेदनशील रहेको यस नदीको संरक्षणका लागि व्यापक रूपमा जनजागरण अभियान सञ्चालन गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
ुकालीगण्डकी बचाउु अभियानका लागि यस क्षेत्रमा क्रियाशील सरकारी एवम् गैरसरकारी संस्थाहरूको एकीकृत अभियानमा आवश्यक भएको वातावरणविज्ञहरूको भनाइ छ ।
जलचरको अस्तित्वसमेत सङ्कटमा
कालीगण्डकी र म्याग्दी नदीको किनारमा फोहोर फाल्दा नदीको म्याग्दीखण्डका मानव स्वास्थ्य र जलचरको अस्तित्वमा असर गरेको छ । विगत १० वर्षदेखि सदरमुकाम बेनीबजारको फोहोर सङ्कलन गरी घतान र अर्थुङ्गेको सिमानामा पर्ने रातोपहिरो छेउबाट नदीकिनारमा फाल्ने गरिएको छ । सो फोहोरका कारण नदी प्रदूषित हुन गई पानीको माध्यमबाट मानव स्वास्थ्य र जलचरको अस्तित्वमा असर गरेको हो ।
कालीगण्डकीको किनारमा पर्ने दानादेखि बेनीसम्म र म्याग्दीनदीको किनारमा पर्ने दरवाङदेखि बेनीसम्मका बासिन्दाले ढल र फोहोर नदीमै फाल्ने गरेका छन् । बेनीबजारमा दैनिक सङ्कलन हुने ३ देखि ५ ट्रयाक्टर फोहोर कालीगण्डकी नदीकिनारमा फाल्ने गरिएको छ । त्यसको दुर्गन्धले सोही बाटो भएर गलेश्वर र मुक्तिनाथ यात्रा गर्ने तीर्थयात्रीसमेत प्रभावित भएका छन् ।
नदीहरू फोहोर फाल्ने ठाउँ बन्न थालेपछि स्नान गर्ने भक्तजन र माछालगायत जलचरलाई असर गरेको हो । विभिन्न चार्डपर्वका अवसरमा कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको भीड लाग्ने गर्छ । विभिन्न किसिमका रसायन मिसिएको फोहोर पानीले नुहाउँदा छालासम्बन्धी समस्या देखिने सम्बद्ध क्षेत्रका व्यक्तिहरू बताउँछन् ।
हालैमात्र नगरपालिका घोषित सदरमुकाम बेनीको फोहोर व्यवस्थापन उपयुक्त स्थानमा हुन नसक्दा यसले चुनौती थपेको जिविसअन्तर्गतको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाका सल्लाहकार चन्द्रभक्त विष्ट बताउँछन् ।
नगरपालिका घोषणा भएपछि क्षेत्रफल बढेकाले अन्य ठाउँमा फोहोर व्यवस्थापन गर्न विकल्पको खोजी गरिएको हालै नगरपालिकामा गाभिएको अर्थुङ्गे गाविसका सचिव कृष्णबहादुर कार्कीको भनाइ छ ।
लोप हुँदै शालिग्राम
विश्वमै अत्यन्त दुर्लभ र हिन्दूधर्मावलम्बीहरूले भगवान् विष्णुका रूपमा पूजा गर्ने दुर्लभ शिला शालिग्राम कालीगण्डकी नदीबाट लोप हुन थालेको छ । कालीगण्डकीलाई शालिग्राम शिला पाइने विश्वको एक मात्र नदी मानिन्छ । जैविक फोहोर बढ्न थालेपछि नदीको पानीमा रहेको चक्रीय प्रणाली प्रदूषित हुने र त्यसको असर शालिग्राममा पर्ने शालिग्राम शिलाका अध्येता पण्डित रङ्गराज शास्त्रीले बताउँछन् । त्यसका साथै बढ्दो चोरी निकासीले पनि शालिग्राम लोप हुन थालेको स्थानीयहरूको भनाइ छ ।
शालिग्रामको चोरीनिकासीमा विशेष गरी भारतीयमूलका व्यक्ति संलग्न रहेको पाइएको छ । २वर्षअघि मुस्ताङका तल्कालीन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा चोरीनिकासी नियन्त्रण समिति बनेको भए पनि अहिले त्यो समितिले कुनै काम गर्न नसकेको स्थानीय बासिन्दाको भनाइ छ ।
स्रोतः आर्थिक अभियान