बलात्कारीको लिंग चक्कुले च्वाट्टै
आफ्नो अस्मिता जोगाउन महिला महाकाली स्वरुपा बन्न पछि पर्दैनन् भन्ने गतिलो उदाहरण भारतकी एक महिलाले प्रस्तुत गरेकी छिन् । भारतको अलीपूर स्थित भक्तवारपुर गाउँकी ३७ वर्षकी एक विधवा महिलाले एक पुरुषको लिंग चक्कुले काटेर छिनालिदिएकी हुन् । उक्त पुरुषले आफुमाथि बलत्कारको प्रयास गरेपछि ती महिला आत्मरक्षाका लागि यस्तो आक्रमणमा उत्रिएकी थिइन् ।
केही वर्षपहिले श्रीमान बितेर एकल जिवन बिताइरहेकी ती महिलालाई गएको मंगलबार बेलुकी स्थानीय जीवत नामका पुरुषले बलत्कारको प्रयास गर्दा उक्त घटना घटेको प्रहरीको भनाइ छ । बेलुकी ती महिलाको घरमा जबरजस्ती छिरेर जीवतले उनीमाथि बलत्कारको प्रयास गरेको थियो । तर महिलाले त्यसको प्रतिकार गरेपछि उसले विभिन्न सामानले आक्रमण गरी काबुमा लिने प्रयास गरेको थियो ।
पुरुषबाट जोगिने प्रयास गर्दै उनी दौडेर भान्सामा गइन् र त्यहाँबाट कम्मरमा चक्कु लुकाएर ल्याइन् । जब उक्त पुरुषले जबरजस्ती ओछ्यानमा सुताएर बलत्कार गर्न आफ्नो लिंग निकाल्यो तब उनले तत्काल कम्मरबाट चक्कु निकालेर उसको लिंगमा प्रहार गरिन् । चक्कु प्रहारबाट उसको लिंग च्वाट्टै छिन्यो र भुइँमा खस्यो ।
समाचार अनुसार लिंग छिनालेपछि उनी गुहार माग्दै घरबाहिर निस्किइन् । एकैछिनमा गाउँले जम्मा भएर । लिंग छिनालिएर बेहोस बनेको जिवतलाई अस्पतालमा पुराए । चिकित्सकहरुले अहिले जिबतको अवस्था स्थिर रहेको भएपनि उसको लिंग जोड्न नसकिएको बताएका छन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।
साभार :ओनलाइन खबर