राजधानीमा छैटौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सुरु
काठमाडौं, फागुन २८- विश्वभरको लोक संस्कृति, नृत्य र भेषभुषा प्रवर्द्धनको उद्देश्यले राजधानीमा छैटौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सुरु भएको छ। चैत ५ सम्म चल्ने मेलाको शनिबार प्रज्ञा प्रतिष्ठानमा सभामुख सुवासचन्द्र नेवाङले उद्घाटन गरे। प्राविधिक क्षेत्रले फड्को मारिरहेका बेला परम्परागत सांस्कृतिक भेषभुषा जर्गेना गर्ने कार्यक्रम हुनुपर्ने नेम्वाङले बताए।
कार्यक्रममा नेपाल, भारत, बंगलादेश, श्रीलंका, मेक्सिको, लिथुवानीया, इटालीलगायत १३ राष्ट्रका २७० प्रतिनिधि सहभागी छन्। 'संसारभरका लोक र शास्त्रीय नृत्य, संगीत, भेषभुषा र संस्कृतिको प्रवर्द्धन गराउन मेला आयोजना गरेका हौं,' आयोजक एभरेस्ट नेपाल सांस्कृतिक समूहका अध्यक्ष दुर्गा रायमाझीले भने, 'नेपालबाट लोक संस्कृतिअन्तर्गत कौडा, थारू र भैरव नृत्य समावेश छ।'
इस्टोनियाको चर्चित समूह कान्डाली, कुलिजुस र करूक्गाड पनि मेलामा सहभागी छ। पोल्यान्डले शनिबार आफ्नो लोकसंगीत मिकोलाज्की र फोक्यु प्रस्तुत गरे। टोगोले प्रस्तुत गरेको अन्धविश्वासमा आधारित आगो नृत्य पस्केको थियो।मेलामा सहभागी टोलीहरूले, बुटवल, दाङ र पोखरामा पनि आ-आफ्नो प्रस्तुति देखाउनेछन्।
स्रोत :नागरिक