|

जन प्रगतिशील मंच ,यू.ए.ई.को अबुधाबी क्षेत्रीय अधिबेशन अप्रिल ६ मा चियापान कार्यक्रम सहित हुने !

           

 यू.ए.ई. ,दुबइ, फाल्गुन २८ | यहि मिति ०९/०३/२०१२ का दिन नेपाली जनप्रगतिशील मंच यू.ए.ई.को अबुधाबी क्षेत्रीय समितिको बिशेष भेला अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष रविरमण अधिकारी को अध्यक्षतामा सम्पन्न भएको छ !  उक्त भेलामा केन्द्रिय समितिका सल्लाहकार संयोजक पिताम्बर पोख्रेल , सल्लाहकार भिम दत्त पौडेल , महासचिब श्याम परियार , सचिब कृष्ण भाट का साथै सास्कृतिक बिभाग प्रमुख नेत्र के.शी.को समेत बिशेष उपस्थिति रहेको थियो | 
                  
 पछिल्लोपटक केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरुको बारेमा  महासचिब श्याम परियार र सल्लाहकार  संयोजक पिताम्बर पोख्रेलले  जानकारी गराउनु   भएको थियो भने संगठनका छलफलका बारेमा कृष्ण भाटले  बिषयहरुलाई  सबैमा  राख्ने  र सुझाब  लिने  काम  गर्नु  भएको   थियो  | उक्त  बसाइमा  सल्लाहकार  भिम  दत्त  पौडेलले  आगामी  कार्यक्रम  र योजनाका  बारेमा  आफ्ना  सुझाब  र सल्लाह   राख्नु  भएको  थियो | बिशेष रूपमा  भर्खरै  यू.ए.ई. मा आउनु  भएकी  बिमला  भुषाल, प्रभु लाल श्रेष्ठ र निशा  के.शी. ले  पनी  संगठनको बारेमा  निक्कै  उत्सुक  भएर संगठनले गरेका कामहरु  र आगामी  योजनाका बारेमा  जिज्ञाशा  राख्दै  आवश्यक  सल्लाह-सुझाबहरु  समेत राख्नु भएको  थियो |

सो भेलाले आगामी चैत्र २४ (april 6) को  एतिहाशिक जन आन्दोलनको आवसर पारेर अबुधाबी  क्षेत्रीय समितिको अधिबेशन साथै बिशेष चियापान कार्यक्रम गरि मनाउने निर्णय समेत गरेको छ | अधिबेशनकालागि पुरानो क्षेत्रीय समितिका अध्यक्षलाई नै संयोजक निर्वाचित गर्दै सम्पूर्ण कार्यसमितिका सदस्यहरु नै अधिबेशन तयारीकालागि सदस्य रहने गरी अधिबेशन तयारी समितिको निर्माण समेत गरियो | चियापान  कार्यक्रमलाई व्यवस्थित  बनाउनको लागि  नेत्र के.शी. को संयोजकत्वमा ,  रवि खनाल , नील प्रसाद लामिछाने , बिमला  भुषाल , अनिल माझी, गान्धी बहादुर जी.सी. ,नर बहादुर पुन, दिलिप पाख्रिन , अनिल माझी  र राजकुमार पुन सदस्य रहेको व्यवस्थापन समिति समेत निर्माण गरेको छ | 
                     
अन्तमा, कार्यक्रमलाई बिसर्जन गर्दै  अत्यन्त उत्शाहजंक उपस्थितिमा उपस्थित हुनुहुने सबैमा धन्बाद सहित आगामी अप्रिल 6 तारिख शुक्रबारका  दिन हुने क्षेत्रीय समिति को अधिबेशन र चैत्र २४ को चियापान कार्यक्रमलाई भव्यरुपमा सफल पार्नहुन  अबुधाबीमा रहनुहुने सम्पूर्ण नेपाली जनप्रगतिशील मंच, यू.ए.ई.का सदस्य,शुभचिन्तक र आम प्रवाशी नेपाली दिदि-भाई, दाजु-बैनी सबैमा बिशेष अनुरोध सहित आपिल गर्दै कार्यक्रम बिसर्जन भएको घोषणा गरिएको थियो |

Posted by Anonymous on 6:58 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जन प्रगतिशील मंच ,यू.ए.ई.को अबुधाबी क्षेत्रीय अधिबेशन अप्रिल ६ मा चियापान कार्यक्रम सहित हुने !"

Leave a reply