आर्घाखाची समाजले २३ मार्चमा पिकनिक कार्यक्रम गर्ने
खेमनाथ पौडेल,यूएई फाल्गुन २९।रोजीरोटीकोलागि
यूएईमा छरिएर रहेका अर्घाखाँचीबासीहरुको समाज
अर्घाखाँची समाजले यहि मार्च २३ तारिखकका दिन दुबईको जाबिल पार्कमा पिकनिकको कार्यक्रमको आयोजना गर्ने भएको छ । एकै स्थानका साथीभाइहरु एकै प्रदेशमा रहेता पनि भेटघाट तथा परिचित नहुने अवस्था भएको हुँदा उक्त पिकनिक कार्यक्रम आयोजनागरी भेटघाट तथा एक आपसमा परिचित बन्ने मौका मिल्ने
अर्घाखाँची बासीहरुको बुझाई छ । दर्ुवईको रमणिय स्थल जबिल पार्कमा आयोजना गर्न लागिएको उक्त पिकनिकमा
यूएईमा रहेका सम्पूर्ण अर्घाखाँची बासीहरुलगाएत अन्य नेपालीहरुलाई पनि उपस्थित हुन समाजले आग्रह गरेको छ । मार्च २३ दिनको १२ बजे उक्त पार्कमा जम्मा हुन सबैलाई सुचित पनि गरिसकेको जनाएको छ । उक्त पिकनिकमा जानकोलागि निम्न ब्यक्तिहरुलाई सर्म्पर्क गर्न अनुरोध गरिएको छ । रविलाल ०५५९८४१२५८, राजु खड्का ०५०६३२१३५६, रामप्रसाद ०५५५१९४६०८, चिरन केसी ०५०४७३५३०२, चन्द्र सारु ०५५६७३२०९८ यि ब्यक्तिहरुलाई सर्म्पर्क गरी पिकनिकको बारेमा जानकारी लिन पनि सकिने छ ।
