|

पोखरामा करोडौँको यौन व्यापार


३० फागुन, काठमाण्डौ । पर्यटकीय नगरी पोखरामा वाषिर्क कतिको होला यौनव्यापार ? यो धेरैको चासोको विषय बन्न सक्छ ।

पोखरामा कति होलान् यौन व्यवसायी ? कति होला दिनमा यौन व्यापारको कारोबार ? कति महंगा होलान् पोखराका यौनकर्मी ? कति कण्डम खपत होला यौनधन्दामा ? यो पनि धेरैको चासोको विषय हो ।
यहीँ चासोलाई सम्बोधन गर्ने क्रममा आजको नेपाल समाचारपत्रले पोखरामा हुने यौन व्यवसायबारे एक तथ्य प्रस्तुत गरेको छ । समाचारपत्रमा छापिएको खबर अनुसार पोखरामा दैनिक करीब १४ लाख रुपैयाँको यौन व्यापार हुन्छ ।

यौनकर्मीलाई सचेतना परामर्श दिँदै आएको एक संस्थाले गरेको अध्ययनमा आधारित भएर निकालिएको तथ्यांकले पोखरामा १ हजार १ सय १५ जना यौनकर्मी सक्रिय भएको देखाएको छ । यौनकर्मीले महिनामा औषतमा २० हजार कमाउँछन् ।
ग्राहकले तिरेको रकमको रकमको होटल तथा रेष्टुरेन्ट संचालन र आफुले आधाआधा बाँड्ने गरेको यौनकर्मी महिला बताउँछन् । उनीहरुको कमाइ दिनको औसत १३ सय हुन्छ र उनीहरुले झण्डै ७ सय पाउँछन् । यसरी हेर्दा पोखरामा यौनव्यवसायमा मासिक ४ करोड ३४ लाख र वर्षमा ५२ करोड १८ लाख रुपैयाँको कारोबार हुने गरेको छ ।

कानुनी दायरमा ल्याएर आय कर मात्र लिनेहो भने पोखरामा मात्र यौन व्यवसायबाट ७ करोड राजस्व उठ्ने देखिएको छ । अध्ययन अनुसार पोखरामा यौन व्यवसायमा १४ देखि ४० वर्षसम्मका महिला सहभागि छन् । यौनकर्मी महिलाका ३ हजार ७ सय ७१ जना नियमित पुरुष ग्राहक छन् ।
स्रोत :ओनलाइन खबर 

Posted by Butwalonline on 5:39 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखरामा करोडौँको यौन व्यापार"

Leave a reply