रामपुरमा सरसफाई समन्वय समितिद्धारा अनुगमन
गोविन्द खड्का
फाल्गुन ६ रामपुर, दाङ
खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति दाङले आज रामपुर गाविसको खुला दिसा मुक्त क्षेत्र अनुगमन गरेको छ । समितिका सदस्य सचिव एवं खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख गणेश वहादुर थापाको नेतृत्वमा गएको टोलिले विभिन्न वडामा अनुगमन गरी खुला दिसा मुक्त क्षेत्र घोषणा उपयुक्त रहेको निष्कर्षनिकालेको छ ।
सो टोलिले शौचाय प्रयोग भए नभएको र वने नवनेको भन्दै घर घरमा अनुगमन गरेको थियो । रामपुरको ९ सिमलतारा, ठुलचौर, ८ को काँडा खुटि, ७ को वुका, सर्ुर्केडाँगि, ३ को रामपुर, ४ को र्साईपुर लगायतका क्षेत्रमा टोल टोलमा विभाजित भई अनुगमन गरेकोे छ । सवै घरमा शौचालय वनि सकेको, केहिमा वाहेक वाहेक सवैमा प्र्रयोग गर्न थालेको, वाँकि काम पर्ुण्ा सरसफाईको अभियानमा निरन्तर जाने भन्दै घोषणा गरेर अघि वढ्ने वताएको छ । अनुगमनमा एकिकृत माओवादिका भेष राज थापा, कांग्रेसका रेवती प्रसाद घिमिरेर्,र् इन्जिनियर तिलक न्यौपानेले, सवर् इन्जिनियर तिल वहादुर केसि, जानकारी दिनुभएका नेपाल पत्रकार महासंघका उपाध्यक्ष नरेन्द्र केसि, पत्रकार गोविन्द खड्का सरसफाई कमाण्डो थम वहादुर डाँगि, रामकुमारी चौधरी, लेखा अधिकारी, साना किसानका डिल्ली राज ज्ञावाली, तारा सुवेदि, एजजिसिडिपीका सामाजिक परिचालक सुस्मा रेग्मी,छविलाल र्घर्ति लगाएतको सहभागिता रहेको थियो ।
यसै गरी खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रामपुरले गाविस कार्यालय रामपुरमा पत्रकार सम्मेलन गरी घोषणाको सवै तयारी पुरा भएको जानकारी दिएको छ । मुल समितिका संयोजक एवं गाविस सचिव केशव राज थापाको अध्यक्षतामा भएको कार्यक्रममा गाविसका २६ सय ५९ घरमा शौचालय वनि प्रयोगमा आईसकेको जानकारी दिनु भएको थियो । समितिले दिएको जानकारी अनुसार १० गते बुधवार गाविसलाई खुल्ला दिसा मुक्त क्षेध घोषणा गरीने भएको छ । खाने पानी तथा सरसफाई ढलनिकास विभागका महानिर्देशक सुमन शर्माले घोषणा गर्नुहुने कार्यक्रमका लागि गंगा उच्चमावि रामपुर क्षेत्रको वरपर ध्वजा पतका, स्वागत द्धार निर्माण लगाएतका काम थालिएका छन्, अतिथि सत्कार, व्यवस्थापन, झाँकि लगाएत सवै व्यवस्था गर्न विभिन्न उप समितिहरु गठन गरेको समितिले जनाएको छ । कार्यक्रमको संयोजक मुल समितिका सचिव नवराज रेग्मीले गर्नु भएको थियो ।