|

युएई ब्यापी भोलीबल प्रतियोगितामा नेपाली जनसंपर्क समिति युएईले प्रथम स्थान हासिल गर्न सफल





नेपाली जनसंपर्क समिति युएई अन्तर्गत दुबइ क्षेत्रिय समितिले आयोजना गरिएको ६२औ प्रजातन्त्र दिबसको अबसर पारेर गरिएको यस प्रतियोगितामा युएईमा रहेका १६ चर्चित र नाम चलेका टिमहरुको सहभागीता रहेको भए पनि आयोजक नेपाली जनसंपर्क समिति युएईले प्रथम स्थान हात पार्न सफल भएको हो |यो जित सँगै सम्पर्क समितिको चौथो लगातारको बिजय यात्रा हो |संपर्क समिति गठन भए यता समितिले संगठन बिस्तारलाई तिब्र रुपमा लैजानुको साथै खेल्कुद क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्बाह गरी युएई मा रहेका खेल्कुदप्रेमी हरुलाई समेत उत्साह र हौसला प्रदान गर्दै आईरहेको छ|किनकी समितिले समय समयमा यस्ता किसिमको प्रतियोगिता आयोजना गर्नुको साथै,समितिमा भाग लिने खेलाडिको रोचक प्रस्तुति र आक्रसक खेल हुने भएकोले दर्सक पक्षबाट बिशेष रुपमा यसलाई लिने गरिएको पाईन्छ |

दुबइ स्थित अल्कुज बलिदिया खेल मैदानमा मिति फेब्रुअरी १७ तारिख फ्राइडेका दिन भएको उक्त कार्यक्रमको सभापतित्व दुबइ क्षेत्रिय समितिका सभापति मनोज गोर्खालीले गर्नु भएको थियो भने प्रमुख अतिथीमा एनआरएन मध्यपुर्ब सम्योजक नरेन्द्र भाट, बिशेष अतितिमा केन्द्रिय सभापति चित्र बहादुर केसिले गर्नु भएको थियो भने कार्यक्रम सल्चालन दुबइ क्षेत्रिय सचिब गोपाल कडेलले गर्नु भएको थियो |उक्त कार्यक्रममा युएईमा रहेका सम्पूर्ण संघ सस्था प्रमुखहरुको समेत उलखेनिय उपस्थिति रहेको थियो जस अनुसार नेपाल एम्बेस्सी बाट अतिथिको रुपमा तितिय सचिब ललित प्रशाद श्रेष्ठ,एनसिसी युएईका अध्यक्ष चन्द्र रोकाहा,मध्यपुर्ब एनरारएनउप सम्योजक एलएन सुबेदी,नेपाल भलिवल संघ का उपादक्ष्य गजेन्द्र लिम्बु,प्रबासी संघका अध्यक्ष यमलाल पङ्गेनी,जनप्रगतिसिल मन्चका अध्यक्ष उत्तम अधिकारी,लुम्बिनी वेल्फेर सोसाईटीका अध्यक्ष डिलाराम सुबेदी,एनआरएनका कोपरेप्ट मेम्बर सिएम ढकाल,जनजाति महासंघका अध्यक्ष गिरमान थापा मगर,मगर संघका अध्यक्ष नुन प्रशाद सोमे मगर नाग्रिक समाजका अध्यक्ष हिरा लाल श्रेष्ठ,स्यान्जा समाजका अध्यक्ष भुपती न्यौपाने,एकता समाज युएईका अध्यक्ष मान बहादुर थापा लगायत अन्य अतिथीहरुको समेत उपस्थिति रहेको थियो|
सो प्रतियोगितामा फाईनल प्रतिस्प्रधामा नेपाली जनसंपर्क समिति युएईले सोझो २ सेटमा नै बाग्लुङ सेवा समाज युएईलाई पराजित गर्न सफल भई प्रथम स्थान हासिल गर्‍यो भने दोस्रो स्थान बाग्लुङ सेवा समाजले हासिल गर्‍यो भने तेस्रो स्थान त्रन्जिपो क्लबले लिएको थियो भने सर्बोक्रिस्ट खेलाडिको पुरुस्कार प्रताप खबास,लिफ्टरको यम बहादुर पुन र स्पाइकरको सर्बोक्रिस्ट पुरुस्कार जित्नबाग्लुङ सेवा समाज युएईका खेलाडी बेलु थापाले हात परेका थिए|बिजेता टिम तथा खेलाडी हरुलाई नगद,शिल्ड,प्रमाणपत्र प्रमुख अतिथी नरेन्द भाट,केन्दिय सभापति तथा बिशेष अतिथी चित्र बहादुर केसी तथा सम्योजक तथा दुबइ क्षेत्रिय सभापति मनोज गोर्खालिले प्रदान गर्नु भएको थियो |दर्सक माझ बाट प्रतिकृया लिदा खेलको सुरुवातमा धुवा धुलोले केहि रुपमा खेललाई अबरोध गरे पनि पछि बातावरणमा सुधार आए पछि खेल युएईमा भएको खेलमा सबै भन्दा राम्रो र टिम हरुबिचमा निकै नै दरिलो प्रतिस्प्रधा भएकोले खेल निकै नै रोचक भएको प्रतिकृया दर्सक पक्षबाट गरेको थियो |बिजेता टिम तथा खेलाडी हरुलाई केन्दिय सभापति चित्र बहादुर केसिले बधाई तथा धन्यवाद दिनु भएको थियो |

Posted by Anonymous on 3:25 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युएई ब्यापी भोलीबल प्रतियोगितामा नेपाली जनसंपर्क समिति युएईले प्रथम स्थान हासिल गर्न सफल"

Leave a reply