|

१० वर्षो माओवादी युद्ध पैसाका लागिः ओली



प्रकाश डोटेल
स्याङ्जा-६, फागुन ।

नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादीले जनयुद्धका नाममा गरेको १० वर्षो युद्धमा उनीहरु पैसा कमाउने युद्धमा लागेको आरोप लगाएका छन् । उनले चप्पल लगाएर जंगल गएका माओवादीका नेताहरु महल बनाउन शहर आएको बताए ।

नेकपा एमाले स्याङ्जा क्षेत्र नं.-१ को क्षेत्रिय अधिवेशनको उद्घाटन गर्न स्याङ्जा आएका नेता ओलीले अधिवेशनलाई सम्बोधन गर्दै माओवादीहरु रकम कुम्ल्याउने खेलमा रहेको स्पष्ट पार्दै माओवादी नेताहरु पैसाका पछाडी लागेर जनयुद्ध र लडाकुको अपमान गरेको जिकिर गरे ।

युद्धका समयमा कब्जा गरिएका घर जग्गा गरिब दिन दुखीहरुलाई बा“डेको भनेर माओवादीले झुक्काउने काम गरेको नेता ओलाीले बताए । कब्जा गरिएका जग्गा माओवादी नेताहरु गरिबलाई अधियामा लगाएर कमाइ खाएको उनले बताए ।

सरकारमा बसेर ब्रि्रोह गर्छर्ुुन्ने माओवादीहरु कुैपनि हालमा जंगल जान नसक्ने दावी गरे । एमालेका नेता ओलीले नेपाल पुनः युद्ध तर्फजान नसक्ने भन्दै जुनसुकै त्याग गरेर भएपनि शान्ति र संविधान पुरा गर्ने प्रतिवद्धता जनाए ।

नेता ओलीले राष्ट्र र राष्ट्रियता विरुद्ध अभिव्यक्ति दिने मन्त्री तथा नेताहरु जथाभावि बोल्दै हिडेमा जनताले थप्पड लगाई दिने बताए । उनले राष्ट्रिय एकता र संबृद्धिका लागि एकता आवश्यक रहेको बताए ।

अधिवेशनको उद्घाटनका अवसरमा नेकपा एमाले स्याङ्जा क्षेत्र नं.-१ ले प्रकाशन गरेको जन विगुल नामक मुखपत्रको एमाले नेता केपी शर्मा ओलीले बिमोचन समेत गरेका थिए ।

त्यस अवसरमा नेकपा एमाले बैकल्पीक पोलिटव्यूरो सदस्य खगराज अधिकारी, मेचि अञ्चल संयोजक नरेश खरेलले शान्ति र संविधान पुरा गर्नका लागि दलहरुले दलगत स्वार्स्थ छाड्नु पर्नेमा जोड दिएका थिए ।

क्षेत्रिय अधिवेशनका अवसरमा संविधानसभाका सदस्यका सदस्यद्धय हितकाजी गुरुङ्, पदमा अर्याल, अनेरास्वीयूका केन्द्रिय महासचिव किशोरविक्रम मल्लले माओवादी नया“ सामन्तवाद भएको बताए । उनीहरुले जे मन लाग्न त्यो बोल्ने गर्ने काम माओवादीबाट भएको बताए ।

क्षेत्रिय अध्यक्ष लोकेन्द्र रानाको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रमको संचालन सचिव विश्व पौडेलले गरेका थिए भने स्वागत हुमनाथ पौडेलले गरेका थिए ।

नेकाप एमाले स्याङ्जा क्षेत्र नं.-१ को दोस्रो क्षेत्रिय अधिवेशनमा पुतलीबजार नगरपालिका र २१ वटा गाविसबाट चार सय प्रतिनिधि र तीन सय ५० पर्यवेक्षकको सहभागिता रहेको अधिवेशन प्रचार विभाग प्रमुख अन्नतकुमार श्रेष्ठले जानकारी दिए । वर्तमान अध्यक्ष लोकेन्द्र राना र सचिव विश्व पौडेलबीच अध्यक्षताका लागि दाबेदारी रहेको छ ।
   

Posted by Anonymous on 3:05 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "१० वर्षो माओवादी युद्ध पैसाका लागिः ओली"

Leave a reply