६५ प्रतिशत पर्यटनमा खर्च गरिने, ४ करोड कारोबार अपेक्षा महोत्सवको तयारी पुरा
मुक्तिप्रसाद न्यौपाने
फागुन ३, पाल्पा
पश्चिमाञ्चल औद्योगिक व्यापार मेला, कृषी प्रदर्शनी एवं पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पाल्पामा आयोजित पत्रकार सम्मेलनमा दुई सय स्टलहरु बुकिङ्ग भैसकेको पनि जानकारी दिइएको हो ।
जिल्लाको समग्र विकासमा टेवा पु¥याउनका लागि गर्न लागिएको महोत्सवबाट हुने आम्दानीको पैसठ्ठी प्रतिशत रकम पर्यटन क्षेत्र अन्तर्गत हवाई मैदान संभाव्यता अध्ययनका साथै ऐतिहासिक, धार्मिक र साँस्कृतिक कार्यक्रम प्रवद्र्धन गर्नका लागि खर्च गरिने पाल्पा उद्योग वाणिज्य संघले जानकारी दिएको छ । साथै अरु पैतालिस प्रतिशत मध्येको पन्ध्र संस्थागत विकास तर्फ, दश तानसेन नगर सरसफाई र अर्को दश व्यवसायीको प्रवद्र्धनात्मक कार्यक्रमतर्फ रकम छुट्याइने बताइएको छ ।
पश्चिमाञ्चलको पाल्पाका साथै १२ अन्य जिल्लाका स्थानीय उत्पादन, पर्यटन विकास, उद्योग एवं व्यापारिक प्रतिष्ठानको प्रवद्र्धन गर्न महोत्सव यहि फागुन ५ गतेदेखी १३ गतेसम्म गर्न लागिएको मुल आयोजक समितिका संयोजक मधुदयाल सैंजूले बताए । महोत्सवमा राष्ट्रिय उद्योग प्रतिष्ठान, बहुराष्ट्रिय कम्पनी, बैंक तथा वित्तीय संस्था, अटोमोवाईल्स, सूचना प्रविधी, कृषि एवं पर्यटन सेवाका स्टलहरु रहने सैंजुले बताए ।
महोत्सवमा दुई लाखभन्दा बढी दर्शक सहभागी भई चार करोड बराबरका् कारोबार हुने अपेक्षा राखिएको छ । महोत्सवमा हेलिकप्टरबाट पाल्पाका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुको अवलोकन गराउने बताइएको छ ।
पाल्पा उद्योग वाणिज्य संघ मुख्य आयोजक रहेको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला विकास समिति पाल्पा, तानसेन नगरपालीका आयोजक रहेकाछन् ।