संघीयता विना संविधान जारी हुदैन्ःप्रम भट्टर्राई
प्रकाश डोटेल
स्याङ्जा-३, फागुन ।
प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले संघीयता बिनाको संविधान नेपाली जनतालाई मान्य नहुने दाबी गरेका छन् । जनताको अपेक्षा संघीयता सहितको संविधान हो । उनले भने-'जेठ १४ गते नै संविधान बन्छ तर संघीयता बिनाको संविधान बन्न सक्दैन ।'
संघीयता र नया“ नेपालको संविधानका लागि आफूहरु लडेको बताउ“दै हाम्रो लर्डाई भनेको संघीयता सहितको संविधान र गणतन्त्र हो, प्रधानमन्त्री भट्टर्राईले भने-'गणतन्त्र पाइसकेका छौं, मेरै नेतृत्वमा संविधान जेठ १४ मा बन्छ ।
स्याङ्जा जिल्लाको विकट मानिने चित्रेभञ्ज्याङ् गाविस-८ स्थित मातृभूभि उच्च माविको स्वर्ण्र्ााहोत्सव तथा पुत-पुते दोस्रो लघु जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री डा. भट्टर्राईले अब सेना समायोजनको काम छिट्टै टुङ्िगने र शान्ति प्रक्रियाका सबै काम छिट्टै टुङ्िगने दावी गरे ।
उनले जनआन्दोलन ०६२/६३ पछि गठन भएका सवै सरकारको तुलनामा आफ्नो पा“च महिने कार्यकालमा शान्ति प्रक्रियाका धेरै काम भएको दावी गरे । उक्त अवसरमा अब छिट्टै शान्ति प्रक्रियाका बा“की काम सक्ने प्रधानमन्त्री डा. भट्टर्राईले प्रतिवद्धता जनाए ।
मग्याम चिसापानी गाविस ८ र ९ को सिमानामा निर्माण भएको आयोजना चित्रेभञ्ज्याङ् गाविसमा ९८ किलोवाट विद्युत क्षमता विस्तार गरिएको छ । पुत-पुते दोस्रो लघु जल विद्युत आयोजना तीन करोड ३१ लाख ४६ हजार रुपैया“को लागतमा निर्माण सम्पन्न भएको हो ।
आयोजनाबाट चित्रभञ्ज्याङ् गाविसका आठ सय ३४ घरधुरीले विद्युत सेवा उपभोग गरेका छन् । तीन करोड ३१ ल्ाख ४६ हजार कुल लागत मध्ये उपभोक्ता तथा स्थानीय जनश्रमदानबाट एक करोड ५३ लाख ४० हजार, गाविसबाट २८ लाख, जिल्ला विकास समितिबाट १९ लाख, मुक्तिनाथ विकास बैंकको ऋण सहयोग ३५ लाख सहित बैकल्पीक उर्जा केन्द्रको एक करोड रुपैया“मा आयोजना निर्माण सम्पन्न भएको हो ।
त्यसअघि मग्याम चिसापानी गाविस-५, स्थित महिमा उमाविमा पुत-पुते पहिलो लघु जल विधुतको उद्घाटन गर्दै प्रधानमन्त्रीले शान्ती र संविधानको विकल्प्ा नरहेको बताउदै यसको लागि आन्दोलन जारी रहेको बताए ।
उनले संविधानसभाको निर्वाचन मार्फ आन्दोलनको स्व्ारुप मात्र परिवर्तन भएको जिकिर गर्दै अब फेरी बन्दुकको आन्दोलन आवश्यक नरहेको स्पष्ट पारे । संविधान सभाका सवै दल मिलेर जानुको विकल्प नरहेको बताउदै आफ्नै नेतृत्वमा सहमतीको सरकार बन्ने बताए ।
४४ किलोवाट उत्पादन क्षमता रहेको सो जलविधुत एक करोड चार लाखको लागतमा निर्माण भएको हो । लागत रकममध्ये स्थानिय उपभोक्तावाट र जनश्रमदानवाट ६८ लाख ६० हजार, मग्याम चिसापानी गाविसवाट एक लाख १० हजार, जिल्ला विकास समितीवाट तीन लाख ५० हजार वैकल्पिक उर्जा पर््रवर्द्धन केन्द्रवाट ३० लाख ८० हजार रहेको छ ।
सोहि अवसरमा नेपाली काग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले जातिएताको आधारमा संघियता नपाइने भन्दै उनले भने राज्य पुनसंरचना आयोगले हालै पेश गरेको संघियताको खाका हामीलाई अस्विकार्य छ
पर्ूवमन्त्री समेत रहेका नेता श्रेष्ठले प्रधानमन्त्रील्ो ४५ दिनमा शान्ती प्रक्रिया टुङग्याउने भनी प्रधानमन्त्री डा. भट्टर्राईले अहिलेसम्म शान्ती प्रक्रिया निष्कर्षा नपुर्याएर जनतालाई ढाटेको बताए ।
हेलिकप्टरबाट स्याङ्जा आएका प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले स्याङ्जाको चापाकोट गाविस स्थित सुन्तलीटारमा आयोजना गरिएको कालिगण्डकी गोल्डकप फूटवल प्रतियोगिताको उद्घाटन गरेका थिए ।