|

नेपाली क्यानेडियन सांस्कृतिक केन्द्र स्थापनाको पहल शुरु

खबर सम्प्रेषण – गत  जनवरीमा विशाल टोरोन्टोको ब्राह्म्टनमा विशाल टोरोन्टोमा कार्यरत् ६ वटा नेपाली संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा विशाल टोरोन्टोमा यथाशिघ्र नेपालीहरुका लागि सांस्कृतिक केन्द्र शुरु गर्ने बारे जानकारी मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । विष्णु पराजुलीद्वारा संचालित यस कार्यक्रमको प्रारम्भमा विगत केही महिनादेखि सांस्कृतिक केन्द्रको थालनीका लागि स्वयम् सेवकका रुपमा काम गर्दै आएकाहरु मध्येबाट नरेन्द्र पुडासेनीले सांस्कृतिक केन्द्र स्थापनार्थ भएका गृहकार्यका बारेमा जनाकारी गराउँदै नेपाली बाबाको आगमन र बाबाबाट गणेश प्रतिष्थापनका लागि खेलेको भूमिकाका बारेमा प्रकाश पार्नु भयो । डा. तुलसी धरेलले यसअघि विशाल टोरोन्टोमा संचालनमा रहेको पशुपति मन्दिर बन्द हुनुको कारण र पि.एन.सि.सि. का बारेमा जानकारी गराउँदै टोरोन्टोका स्वयम् सेवकहरुको एउटा समुहले पनि नेपाली समुदायका लागि धार्मिक स्थानको आवश्यकता बुझेर एउटा सांस्कृतिक केन्द्रको स्थापनार्थ समर्थन जुटाउने काम शुरुगरेको र मिसिसाँगा–ब्राह्म्टन क्षेत्रका साथीहरु पनि सांस्कृतिक केन्द्रका लागि एकजुट हुन थालेको थाहा पाएपछि सामुहिक रुपमा मिलेर कार्य संचालन गर्न थालेको बारे जानकारी गराउनु भयो । गुरु श्रेष्ठले सांस्कृतिक केन्द्रको आवश्यकता र पुर्वाधारका बारेमा जानकारी गराउँदै आफुले शिव, गणेण र सरस्वतीका मूर्तिहरु उपलब्ध गराउने र सदैव सहयोग गर्ने जानकारी गराउनु भएको थियो भने केदार बस्नेतले सांस्कृतिक केन्द्रको दर्ता प्रक्रिया र विधान र कार्यकारिणी समितिका बारेमा जानकारी गराउनु भयो । त्यस्तै अञ्जनी भट्टराईले नयाँ बन्ने नेपाली क्यानेडियाली सांस्कृतिक केन्द्र ( नेपालिज् क्यानेडियन हेरिटेज सेन्टर) को गठन प्रक्रियासँगै यसको काम कर्तब्य र सदस्यताका बारेमा जानकारी गराउनु भयो । डा. गोबिन्दसिंह रावत र पशुपति पौडेलले सांस्कृतिक केन्द्रको लागि अर्थ संकलन गर्न सबै संस्थाहरुसँग सहयोगमा नेपाली नयाँ वर्षको कार्यक्रम केन्द्रको स्थापनार्थ सबैले मिलेर गर्न अनुरोध गर्नु भयो । केन्द्रको संचालनपछि त्यहाँ नेपालीहरुका सबै जाति धर्म र संस्कृति अनुरुप कार्य संचालन गर्न सकिने । मःह पूजा, लोसार, दर्शै, तिहार, वसन्त पञ्चमी, तीज, फागु, क्रिसमस, ईद आदि आप्mनो धर्मानुसार कार्यक्रम गर्न सकिने तथा यहाँ अवस्थित नेपाली संघसंस्थाको बैठक आदि र अन्य घरायसी शुभकार्य संचालन गर्न समेत सबैलाई सजिलो हुने बारे जानकारी गराउनु भयो भने अजयले अहिलेसम्मको कार्य विवरण र केन्द्रको बेव पेजका बारेमा जानकारी गराउनु भयो । राजन श्रेष्ठले सांस्कृतिक केन्द्रको आर्थिक प्रक्रिया संचालन विधिका बारेमा जानकारी गराउदै सदस्यता बढाएर एक लाख चालिस हजार डलर संकलन गर्ने लक्ष्य रहेको बारे जानकारी गराउनु भयो । राजनले केन्द्रको लागि चार लाख डलरमा कुनै घर किन्ने र त्यसको संचालन प्रक्रिया, अर्थ संकलनसँगै सम्भाविक आयव्ययका बारेमा पनि उपस्थित संस्थाका प्रतिनिधिहरुलाई जानकारी गराउनु भयो । 
स्वयम् सेवकहरुको प्रयास र सहभागिताबाट अहिलेसम्म बाह् हजार डलर संकलन भई सकेको नेपालिज् क्यानेडियन हेरिटेज सेन्टरको संचालन प्रक्रियाका बारेमा यसका स्ययम् सेवकहरुबाट जानकारी पाए पछि उपस्थित संस्थाका प्रतिनिधिहरुले सांस्कृतिक केन्द्रको समर्थनमा आआप्mनो मनतब्य राखेका थिए । एन.आर.एन. क्यानाडाका उपाध्यक्ष गोपाल भण्डारीले केन्द्रलाई एन.आर.एन. क्यानाडाभित्र राख्ने प्रस्ताव राख्नु भएको थियो जस्लाई एन.आर.एन. क्यानाडाका अर्का उपाध्यक्ष गिरी बुढाथोकी र महासचिव गोपीकृष्ण काफ्लेले पनि एन.आर.एन. क्यानाडाको अगुवाईमा केन्द्र चल्नु पर्ने विचार राखेका थिए । तर विशुद्ध सांस्कृतिक विकासका लागि स्थापना गरिने केन्द्रमा कुनै संस्थागत सहभागिता नरहने तथा विशाल टोरोन्टोका नेपालीहरुको आपसी सहभागिता र सहयोगमा चल्ने केन्द्र कुनै संस्थाको अधीनमा नरहनेबारे केन्द्रका स्वयम् सेवकहरुले स्पष्ट पारेका थिए । कार्यक्रममा क्यानाडा जनजाति संघका गण्ोश राईले सांस्कृतिक केन्द्रको आवश्यकता सबैलाई भएकोले यसको स्थापनाका लागि समर्थन गर्दै हाम्रो भन्ने भावनाका साथ जानु पर्ने र सबैको सहभागिता रहनु पर्ने विचार राख्दै आप्mनो संस्थाको तर्फबाट समर्थन जनाउनु भयो । क्यानेडियन नेवा गुठीका महासचिव विमल श्रेष्ठले गुठी भनेकै आप्mनो परम्परागत संस्कृतिको संरक्षण गर्न भनेर स्थापना भएकोले केन्द्रलाई समर्थन गर्ने र यस बारे आप्mना गुठियारहरुबाट पनि समर्थनका लागि छलफल गर्ने जानकारी दिनु भयो । एन.सि.सि.एस. का अध्यक्ष सुशिला भण्डारीले नेपाली महिलाहरु सदैव आप्mनो धर्म संस्कृतिप्रति सचेत रहने बताउँदै प्रत्येक महिलाहरुको यसमा रुचि रहने विचार राख्दै आप्mनो समर्थन जनाउनु भयो । एन.सि.एन.सि. का महासचिव बालचन्द्र श्रेष्ठले आप्mनो संस्थाका अधिकतम् पदाधिकारीहरु स्वयम् सेवक रहेको केन्द्रलाई संस्थागत समर्थन रहेको बताउनु भयो भने क्यानेडियन मगर संघका सल्लाहकार गिरी बुढाथोकीले यस्तो राम्रो कार्यमा सबैको समर्थन रहेकोमा आप्mनो संस्था पनि नकारात्मक नरहने बताउनु भयो । 
संस्थाहरुसँगको अन्तरक्रिया कार्यक्रम सफल भएपछि प्रस्तावित सांस्कृतिक केन्द्रका स्वयम् सेवकहरु अब यथाशिघ्र विशाल टोरोन्टोका नेपाली समुदायका बीच भेटघाट कार्यक्रमको आयोजना गर्न तथा आर्थिक संकलनका लागि यहाँका सबै संस्थाहरुको सहयोगमा भब्यताका साथ टोरोन्टो र मिसिसाँगामा नेपाली नयाँ वर्षको कार्यक्रम आयोजना गर्न गृह कार्य शुरु गरेका छन् ।

Posted by Anonymous on 6:53 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली क्यानेडियन सांस्कृतिक केन्द्र स्थापनाको पहल शुरु"

Leave a reply