सात दलद्धारा जिल्ला परिषद् बहिष्कार
बिजय दमासे
फागुन ४, अर्धाखाँची
अर्घाखा“चीका सात राजनैतिक दलले १८ औं जिल्ला परिषद् बहिष्कार गरेका छन् । जिल्ला परिषद्को योजना बाडफाड गर्ने सम्बन्धमा केही राजनीतिक दलहरु र जिबिसको मिलेमतोमा केही दिन अघिनै अज्ञात ठाउंमा बसि जिल्लाका भावी योजनाहरु राजनैतिक रुपमा भागबण्डा गरि तय गरिएको र यसबाट दुरदराजमा रहेका जनताको समस्या सम्बोधन हुन नसकेको भन्दै जिल्लामा क्रियाशिल ७ राजनैतिक दलले १८ औं जिल्ला परिषद् बहिष्कार गरेका हुन् ।
यसरी जिल्ला परिषद् बहिष्कार गर्ने ७ राजनैतिक दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनशक्ति पार्टी, राप्रपा नेपाल, नेकपा एकिकृत क्रान्तिकारी,नेपाली जनता दल,नेकपा माले रहेको सात राजनैतिक दलद्धारा हस्ताक्षरी प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको थियो । परिषद् चलिरहेको बेला आफुहरुले जिल्ला परिषद् भित्रै बहिष्कार गरेको जानकारी गराई हिडेको राष्ट्रिय जनशक्ति पार्टीका जिल्ला अध्यक्ष बेदराज घिमिरेले बताए ।
उनका अनुसार विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि ८५ ५ सम्मको रकम दुरुपयोग हुने सम्भावना देखिएकोले योजना छनौट गर्दा सवै दललाई बोलाउने र निणर्य गर्ने बेला तिन राजनैतिक दल र जिविसका केही कर्मचारि बसि एक्लौटि निणर्य गर्ने परिपार्टीलाई स्विकार्न नसकि आफुहरुले जिल्ला परिषद् बहिष्कार गरेकोे बताए ।
यसैविच अर्घाखा“चीबाट प्रकासित ब्राईट न्यूज खबरपत्रिकाले १८ औं जिल्ला परिषद् बहिष्कार गरेको छ । औपचारिक रुपमा १८ औं जिल्ला परिषद्मा खबर संकलनका निम्ती अर्घाखा“चीकै ईतिहासमा पाक्षिक रुपमा पहिलो पटक जिल्लामै नियमित प्रकासित ब्राईट न्यूज खबरपत्रिकालाई आमन्त्रण नगरी जिविसले जिल्लाकै छापा माध्यमप्रति अपहेलना गरेको भन्दै ब्राईट न्यूज खबरपत्रिकाले १८ औं जिल्ला परिषद्को समाचार सम्प्रेषण नगर्ने घोषणा गरेको हो ।
ब्राईट न्यूज खबरपत्रिकाका कार्याकारी सम्पादक बिजय दमासेले जारी गरेको प्रेस बिज्ञप्तीमा १८ औं जिल्ला परिषद्मा नबोलाई जिविसले पत्रिकाको अपहेलना गरेको भन्दै उनले एक महिना सम्म जिविसका कुनै पनि कार्यक्रमको समाचार सम्प्रेषण नगर्ने समेत उल्लेख गरेका छन् ।