परस्त्री गमनको आरोपमा ८० हजार जरिवाना
दैलेख, माघ ६ - परस्त्री गमनको आरोपमा स्थानीय एक युवाले ८० हजार जरिवाना तिरेका छन् । एक साता अघि बेस्तडाका १८ वर्षीय दीपक शाहीले सोही ठाउँ निवासी विक थरकी परस्त्री गमनको आरोपमा सजायस्वरुप जरिवाना तिरेपछि हिरासत मुक्त भएका हुन् ।
विवाहित युवतीको कोठामा ती युवा सुतेको अवस्थामा फेला पारेपछि छिमेकीले प्रहरी चौकीमा खबर गरेका थिए । दुवै पक्षलाई मिलाउन नसकेपछि मंगलबार बेस्तडा प्रहरीले जिल्लामा ल्याएको थियो । जिल्ला प्रहरी कार्यालयमा दिपकले विहीबार साँझ ती युवतीलाई ८० हजार बुझाएका थिए भने श्रीमती स्वीकार नगर्ने शर्तमा उनका श्रीमान अमर विकले २० हजार रुपैंया तिरेका थिए ।
दुवैले आफूहरुको गल्ती नभएको प्रहरी र सञ्चारकर्मीसंग बताएका थिए । ‘हामीलाई छिमेकीले अनावश्यक फसाए । रिचार्ज कार्ड किन्न भनी भान्सा कोठामा पुगेको हुँ’ दिपकले भने कुनै गल्ती नै थिएन् । यत्रो जरिवानामा पारे ।’ युवतीले पनि अनावश्यक आरोप लगाएर आफ्नो भविष्य डामाडोल पारेको गुनासो गरिन् । श्रीमानले गर्भमा रहेको बच्चा जन्मेपछि भरणपोषण गर्ने जिम्मा आफैले लिने तर त्यसबेलासम्म लाग्ने खर्चस्वरुप २० हजार दिएर छोडपत्र गर्ने सहमती गरेका थिए ।
अधिवक्ता सुरेन्द्र अधिकारीले पीडित पक्षलाई सिधै अदालत जान दिनुपर्ने बताए । आर्थिक लेनदेन गरी बीचैमा मिलाउनु राम्रो नहुने उनको भनाई छ । मुलुकी ऐनको जारीको अनुसार जारी कसुर गर्न लागेमा कम्तीमा १ देखि २ महिनासम्म कैद र १ हजारदेखि २ हजारसम्म जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था छ । पीडित पक्षले सिधै अदालतमा जारी धनमाल मुद्दा दिन सकिने ऐनमा उल्लेख छ । तर जिल्ला प्रहरीका निमित्त प्रमुख समेत इन्सपेक्टर रमेश तामाङले भने दुवै पक्षलाई छलफलका लागि वातावरण मात्र मिलाइदिएको दाबी गरे ।

स्रोत :कान्तिपुर