कुटपिटबाट दैलेखमा एक युबक घाइते
कृष्ण आचार्य,दैलेख,माघ ६-स्थानिय युबाहरुको कुटपिटबाट दैलेखको लाकुरीमा एक युबक गम्भीर घाइते भएका छन् । गत मंसीर २३ गते दैलेखको बडाभैरबमा लाग्ने स्थानिय घोडदाउनि जात्रा मा आफुहरुलाइ खुकुरी प्रहार गरेको भन्दै दैलेखकै बेलपाटा गाबिस निबासी बलबहादुर थापा र ललित थापाले आज दिउसो १ बजेतिर दैलेख लाकुरीका प्रकाश शाही लाइ कुटपिट गरेका हुन् । उता घाइते शाहीले आफुले खुकुरी प्रहार नगरेको तथा आफु जात्रामै नगएको बताए छन् ।उनको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ ।