शान्ति समाजको अधिवेशन तथा साधारण सभा सम्पन्न,अध्यक्षमा रावल निर्वाचीत
मुक्तिप्रसाद न्यौपाने,माघ १६, पाल्पा-मानव अधिकार तथा शान्ति समाजको बाह्रौं वार्षिक साधारण सभा तथा छैठौं निर्वाचन अधिवेशन सम्पन्न भएको छ । समाजका संस्थापक अध्यक्ष शिवप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै मानवअधिकार संगठन पाल्पाका सचिव राजेश्वर उदयले मानवजीवनका हरेक क्रियाकलापहरुको नीति नियम बनाउनु र पालना गर्नुमा फरक पर्दा समस्या परेको उल्लेख गर्दै पालना गर्ने भन्दा गराउन उत्प्रेरित गर्नेको कमी रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल नागरीक समाज पाल्पाका उपाध्यक्ष चित्रवलीराम सुवाल, मीनबहादुर के.सी., गीता शर्मा, प्रकाश नेपाल, केशवराज बस्याल लगायतले मानवअधिकारको पक्षमा सबैलाई सचेत बन्न आग्रह गरेका थिए ।
समाज निवर्तमान अध्यक्ष दीपकप्रसाद ज्ञवालीको अध्यक्षतामा चलेको बन्द सत्र तथा छैटौं निर्वाचन अधिवेशनले कृष्णबहादुर रावलको अध्यक्षतामा नयाा कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नयाा कार्यसमितिको उपाध्यक्षमा जगन्नाथ अर्याल, सचिवमा मुक्तिप्रसाद न्यौपाने, सह–सचिवमा सुनिलबहादुर थापा, कोषाध्यक्षमा विनोद भारती र सदस्यहरुमा बिष्णुकुमारी श्रेष्ठ, कुष्माखर पाण्डे, रेणुका देवकोटा, अरुण ज्ञवाली र शुशिला रेग्मीलाई सर्वसम्मत चयन गरेको छ । पन्ध्र सदस्यीय रहने समितिमा पााच जनालाई पहिलो बैठकबाट मनोनिय गरिने समितिले जनाएको छ । 
मानवअधिकारको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै समाजले केन्द्रीय सदस्य पुष्करराज रेग्मीलाई दोसल्ला र सम्मानपत्रले सम्मान पनि गरेको छ । समाजका उपाध्यक्ष चन्द्रकान्त न्यौपानेको शुभकामना मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन कृष्णबहादुर रावलले गरेका थिए ।
