दुबई जान लागेकी युवती राइफल र पेस्तोलको गोलीसहित पक्राउ
काठमाडौँ, माघ ९ - नेपाल एयरको उडानबाट दुबई जान लागेकी एक २३ वर्षकी युवती राइफल र पेस्तोलको गोलीसहित पक्राउ परेकी छिन्।
नेपाल एयरको उडान नम्वर २२९ द्वारा दुबई जान लागेका नितिना भुललाई थ्री नट थ्री राइफलको गोली ४ राउण्ड र पेस्तोलको गोली १ राउण्डसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
अन्तर्राष्ट्रिय विमानस्थलको होल व्यागेज एरियामा माघ ८ गते राति ७ बजे चेकजाँच गर्दा सुटकेशमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गोली बरामद भएको प्रहरीले बताएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

स्रोत :नागरिक