|

करेन्ट लागेर २ महिलाको मृत्यु

पर्वत, माघ ९ - पर्वतको देउराली गाविस -४ मा सोमवार विहान करेन्ट लागेर २ महिलाको मृत्यु भएको छ । अन्य पाँच र्घाईते भएका छन । हाई भोल्टेजले गर्दा विद्युत् र्सट भई करेन्ट लागेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गौमति पुन र कृष्ण पुनकी श्रीमति छन् । मृतक अर्की महिलाको नाम खुलेको छैन । घट्ना बारे थप विवरण आउन बांकी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक श्याम अर्यालले बताए । अर्यालले विद्युत् र्सट भई घरहरुमा समेत आगलागी भएकाले उद्दारका लागि प्रहरी घट्नास्थल तर्फ पर्ठाईएको जानकारी दिए ।
                                                                                                                                        स्रोत :कान्तिपुर

Posted by Butwalonline on 7:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "करेन्ट लागेर २ महिलाको मृत्यु"

Leave a reply