|

बन्दले रुपन्देहीको जनजीवन प्रभावित

विनोद परियार बुटवल,९ माघ-पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धिको विरोधमा रुपन्देहीमा क्रियाशिल विभिन्न विद्यार्थी संगठनहरुले आह्वान गरेको रुपन्देही बन्दले विहानैदेखि जनजविन प्रभावित भएको छ ।

बन्दका कारण सवारी साधन संचालन भएको छैन भने बजारहरु पनि बन्द भएका छन् ।रुपन्देहीमा क्रियाशिल अनेरास्ववियू, नेपाल विद्यार्थी संघ,अखिल क्रान्तिकारी,नेपाल क्रान्तिकारी विद्यार्थी संघ,अखिल छैठौ. लगायतका विद्याथी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्य बृद्धि विरुद्ध संयुक्त रुपमा आज रुपन्देही बन्द गरेका हुन ।

बुटवल र भैरहवाका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु सडकमा उत्रिएर बन्द गराउदै हिडेका छन् । बुटवलको ट्राफिचोक,मिलनचोक,राजमार्ग चौराहा लगायतका क्षेत्रमा विद्यार्थीहरु जम्मा भएका छन् ।

बन्दका क्रममा परीक्षाका लागि हिंडेका विद्यार्थी, एम्बुलेन्स, शबबाहन, प्रेस, दुध बोकेका गाडी, विवाह, पर्यटक र तीर्थयात्री चढेका गाडीलाई अवरोध नगरिने अनेरास्ववियूका रुपन्देही अध्यक्ष यमराज पाण्डठेले बताउनुभयो ।

Posted by Butwalonline on 7:09 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बन्दले रुपन्देहीको जनजीवन प्रभावित"

Leave a reply