ट्रकको ठक्करबाट एकै परिवारको ६ जनाको मृत्यु
सुनसरी, माघ ९ - ट्रकको ठक्करबाट सुनसरीको पक्कलीमा एकै परिवारको ६ जनाको मृत्यु भएको छ । काठमाडौं जाने छोरीलाई गाडी चढाउन सडक छेउमा उभिएका बेला ना.४.ख ७९६ नम्वरको ट्रकले बिहान साढे ५ मा एक परिवारलाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट पकली-३ का ६७ वर्षीय कृष्ण राउत,उनकी ६२ वर्षीय श्रीमती तारा,४२ वर्षीय जेठो छोरा बाबुराम,३२ वर्षीय बुहारी शारदा,२८ वर्षीय छोरी कमला केसी र ७ वर्षीय नातिनी शिलु केसीको मृत्यु भएको हो । छोरी कमला र नातिनी शिलुलाई बस चढाउन परिवारजन सडकमा निस्केका थिए । ट्रक चालक फरार भएका छन् ।
स्रोत :कांतिपुर