भारतबाट घर फर्कदै गरेका दुई नेपाली भारतीय लुटेराद्वारा बोटोमै लुटीए
नेपालगन्ज, माघ ५ - भारतमा कमाएर घर फर्कदै गरेका दुई नेपालीलाई बीच बोटोमै भारतीय लुटेराहरुले बेहोस बनाएर लुटपाट गरेका छन्। लुटिएका गुल्मीका रुप बहादुर राना र सुर्खेतका प्रकाश रेग्मीलाई बेहोस अवस्थामा नेपाल प्रहरीले भारतको सीमावर्ति रुपेडियाबाट बिहीबार उद्धार गरेको छ।
सुर्खेत, राकम-२ का २० वर्षीय रेग्मीसग भएको ४० हजार भारु र दुई थान मोबाइल सेट लुटिएको छ। त्यस्तै, रानासँग भएको भारु २५ हजार भारतीय रुपैया लुटेको जिल्ला प्रहरी कार्यालयका डीएसपी उदयकुमार तामाङले बताए। भेरी अञ्चल अस्पतालमा उपचार गराइरहेका राना र रेग्मीको होस खुलेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन्। भारतका विभिन्न स्थानमा रोजीरोटीका लागि कमाएर फर्कने नेपालीहरुलाई बीच बाटोमै लुट्ने क्रम बढिरहेको छ।
स्रोत :नागरिक