कार दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु
तेह्रथुम, माघ १०-तेह्रथुमको बसन्तपुर म्याङ्लुङ्ग सडक खण्डको जिरिखिम्ती ८ जंगेखोलामा मंगलबार विहान ४ वजे सेन्ट्रो कार दुर्घटना हँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । कारमा सवार एर्का एक जना गम्भीर घाईते भएका छन् ।
दुर्घटनामा परी झापा अनारमनी ४ का ३२ वर्षीय चालक लोकनाथ पाठकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कारमा सवार तेह्रथुम जलजले याङ्िसला घर भई हाल झापा अनारमनी ४ बस्ने भूपाल बुढाथोकी गम्भीर घाईते भएका छन् । घाईते बुढाथोकीलाई उपचारका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तर्फ लगीएको छ । झापाबाट म्याङ्लुङ्गतर्फ आउदै गरेको मे १ च ९६५ नम्वरको सेन्ट्रो कार दुर्घटनामा परेको हो । कार सडकबाट २ सय ५० फुट तल खसेको छ । तिब्रगतिका कारण कार दुर्घटना भएको हुन सक्ने
प्रहरीले जनाएको छ ।

स्रोत :कान्तिपुर