|

मुल्यवृद्धि विरुद्ध विद्यार्थी संगठनले गरेको पाल्पा बन्दले जनजीवन प्रभावित

पाल्पा, माघ १० - पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध पाल्पाका विद्यार्थी संगठनले आयोजना गरेको पाल्पा बन्दले जनजीवन प्रभावित भएको छ ।
d
मुल्यवृद्धि फिर्ता लिनुपर्ने माग राखेर नेपाल विद्यार्थी संघ, अनेरास्ववियू र अनेरास्ववियु छैठौले बन्द आव्हान गरेका हुन् । बन्दले पहाडी जिल्ला पाल्पामा यातायात क्षेत्रलाई बढी प्रभावित बनाएको छ । यातायात बन्द भएपछि यस क्षेत्रकै जनजीवन प्रभावित भएको छ । पाल्पाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन छुटेका छैनन् । फाट्ट फुट्ट बजार खुलेपनि यातायातका सार्वजनिक सवारी साधन भने चलेका छैनन् ।

सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडकमा समेत बिहानैदेखि सवारी गुडेका छैनन् । तानसेनबाट बाहिर जाने र
बाहिरबाट तानसेन आउने सवारीका कुनै पनि साधन नचलेपछि यात्रुहरु बसपार्कमा अलपत्र परेका छन् ।
                                                                                                                                           स्रोत :कांतिपुर 

Posted by Butwalonline on 7:47 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मुल्यवृद्धि विरुद्ध विद्यार्थी संगठनले गरेको पाल्पा बन्दले जनजीवन प्रभावित"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु