एक युवाको रहस्यमय मृत्यु प्रहरीको चर्को यातनापछि मृत्यु भएको आशंका
नेपालगन्ज, माघ ७ - बाँकेको मनिकापुर १ का २४ वर्षीय एक युवाको रहस्यमय तरिकाले मृत्यु भएको छ । सशस्त्र समूहको गतिबिधिमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालयले पक्राउ पछि छाडेको तीन दिनमै उनको मृत्यु भएको हो ।
गत २० गते सशस्त्र समुहले नेपालगन्ज - कोहलपुरखण्डको राझा नजिक सडकमा बम राखेको थियो । बम राखेका बिषयमा अनुसन्धान गर्न भन्दै प्रहरीले २४ वर्षीय धनिराम हरिजन र उनका काका अवधरामलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ पुर्जी नै नदिएर हिरासतमा राखेको र त्यहाँ चर्को यातनापछि धनिरामको मृत्यु भएको स्रोतले बताएको छ ।
यातनाले थलिएपछि उनलाई तीनदिनअघि प्रहरीले मुक्त गरेको र शुक्रवार साझ घरमै मृत्यु भएको स्रोतले जनायो । तर, उनीसंगै पक्राउ परेका काका अवधरामले भने, जन्डिसका कारण भतिजाको मृत्यु भएको बताए । 'सिकिस्त भएपछि अस्पत्ताल लग्यौ । उँपचार नहुँदै उनको मृत्यु भयो ।' उनले भने ।
तर, स्रोतले प्रहरी दबाबमा पोष्टमार्टम नगरिएको जनाएको छ । अवधरामलाई सात दिन अघि र उनका भतिजा धनिरामलाई तीनदिन अघि मात्र छाडिएको थियो । हिरासतमा प्रहरीले सशस्त्र समुहका गतिबिधि संग जोडेर बयान लिएको अवधरामले बताए । उनको घरमा अहिले रुवाबासी मच्चिएको छ । प्रहरीको डरले घटनाका बारेमा परिवार र छिमेकी बोल्न सक्ने अवस्थामा समेत छैनन् ।
जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी उदय तामाङले भने, सोधपुछका लागि एकदिन मात्र नियन्त्रणमा लिएको र दोस्रो दिननै आफन्तको जिम्मा लगाएको दाबी गरेका छन् । 'यो प्रहरीलाई बदनाम गर्ने षडयन्त्र र कलोकल्पित कुरा मात्र हो । हामीले कसैलाई टर्चर गरेका छैनौ,' उनले भने, 'घटनाका बारेमा सोधपुछ गर्न एक दिन नियन्त्रणमा राखेर दोस्रो दिन नै छाडेका हौ ।'

स्रोत :कान्तिपुर