बसलाई ट्रकले ठक्कर दिँदा १९ यात्रु घाइते
लहान, माघ ७- सिरहाबाट जनकपुरतर्फ गइरहेको ज१ख ४४२ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ना४ख २१७३ नम्बरको ट्रकले शनिबार अपराह्न महेन्द्र राजमार्गको बन्दीपुर खण्डमा ठक्कर दिँदा १९ यात्रु घाइते भएका छन्।घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ। घाइते सबैको स्थानीय क्लिनिक र नर्सिंङ होमहरुमा उपचार भइरहेको छ। रासस
स्रोत :नागरिक
