|

लुम्बिनी प्रदेश घोषणाको माग

विनोद परियार,बुटवल,७ माघ । रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लालाई समेटेर लुम्विनी प्रदेश बनाउनु पर्ने भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले लुम्विनी राज्य समिति घोषणा गरेको छ । पार्टीको २२ औं स्थापना दिवसको अवसर पारेर नगेन्द्र प्रसाद रौतारको संयोजकत्वमा ७ सदस्यीय लुम्विनी राज्य समिति घोषणा गरेको हो ।

रुपन्देहीमा भएको घोषणा सभालाई सम्वोधन गर्दै सो पार्टीका अध्यक्ष तथा सभासद् एम.एम थापाले आगामी जेठ १४ गते भित्र कुनै पनि हालतमा नयाा संविधान जारी हुनु पर्ने र त्यसो नभएमा देश गृहयुद्धमा जाने बताउनु भयो । अध्यक्ष थापाले अगाडि भने संविधान जारी नहुनुमा आदिवासी जनजाति, मधेशी, दलित, उत्पीडित, मुस्लिम, सिमान्तकृत र अल्पसंख्यक जातीहरुलाई अधिकारबाट वंचित र राज्यसत्ताबाट विमुख गर्ने षयन्त्र नै हो । पूर्ण संघीयतामा मुलुकलाई जानबाट रोकने षड्यन्त्र नै हो ।

राजनैतिक दलहरु ईमान्दारी नभएका कारण नेपाली जनताले समयमै संविधान नपाएको बताए । पार्टीका उपाध्यक्ष शिवलाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केपी पालुङवा राई, रविन्द्र सुनार, स्थायी समिति सदस्य रत्न राना, संघीय परिषद् सदस्य गंगा खासु, राष्ट्रिय युवा मोर्चाका महासचि सुन्दर गुरुङ्ग लगायतले बोल्दै मुलुक गंभीर अवस्थामा पुगेकाले तोकिएको समयमा संविधान जारी गर्नुमा जोड दिए ।

Posted by Butwalonline on 7:19 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्बिनी प्रदेश घोषणाको माग"

Leave a reply