|

सयुंक्त बिद्याथी संगठन दैलेखद्धारा पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोध

कृष्ण आचार्य,दैलेख,माघ ६ -सरकारले शान्ति र संविधान निर्माणमा गम्भिर भई जनतामा राहत दिने बेलामा नेपाली जनता र विद्यार्थीको ढाड सेकिने गरि पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याासमा भारी मुल्य बृद्धि गरेको भन्दै सयुक्त बिद्यार्थी संगठन दैलेखले विरोध जनाएका छन । मुल्य बृद्धि जनतालाई दिने भनिएको राहतको नाममा झुक्याउने उपहारको संज्ञा दिदै आज सयुक्त बिद्याथी संगठनहरुले एक प्रेस विज्ञप्ती निकालेर विरोध गरेका हुन् । सरकारले यो गैर जिम्मेबार र जनताको हित विरोधी निर्णयको सयुक्त बिद्यार्थी संगठनहरु घोर विरोध र र्भत्सना गर्दछ विज्ञप्तीमा उल्लेख छ । तत्काल मुल्यबृद्धि फिर्ता नलिए विद्यार्थीहरु अझ कडा सघर्षका कार्यक्रम सहित सडकमा उत्रिन बाध्य हुने समेत विज्ञप्तीमार्फत व्यक्त गर्दै सरकारलाई त्यसबाट उत्पन्न हुने विषम परिश्थितिको जिम्मेबार हुनुपर्ने समेत चेतावनि दिएका छन् ।

Posted by Butwalonline on 7:14 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सयुंक्त बिद्याथी संगठन दैलेखद्धारा पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोध"

Leave a reply