|

स्तनपान गर्ने शिशु बढी रून्छन्

काठमाडौ, माघ ७ - यदि तपाईको शिशु रोइरहने र चिढिने भएको छ भने चिन्ता लिनुपर्ने कुनै कारण छैन । विशेषज्ञका अनुसार, यो धेरै सामान्य कुरा हो र स्तनपान गर्ने धेरैजसो शिशुको स्वभाव यस्तै हुन्छ ।

बि्रटेनमा मेडिकल रिसर्च काउन्सिलका वैज्ञानिकहरूले बताए अनुसार, स्तनपान गर्ने शिशु छिट्टै चिढिन्छन् र बढी रून्छन् । सामान्य दुध खाने शिशुहरू भने उनिहरको दाजोमा शान्त रहन्छन् र कम चिढिने हुन्छन् ।

धेरैजसो आमाहरू आफ्ना शिशुलाइ अधिकतर मामिलामा स्तनपानले तिनको पेट भरिँदैन भनेर चाँडै छुटाउँछन् । यो अनुभवले शिशुहरू आमाको दुध खाएर मात्र चिढिने स्वभावका हुन्छन् भन्नेतर्फ नै संकेत गर्छ । अनुसन्धान अनुसार, बोतलमा दुध खाने शिशु छिट्टै मोटो हुने सम्भावना रहन्छ ।
                                                                                                                                            साभार :कांतिपुर 

Posted by Butwalonline on 6:23 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्तनपान गर्ने शिशु बढी रून्छन्"

Leave a reply