दुबईमा मुप्री ल्होसार सम्पन्न (फोटो फिचरसहित)
भुपराज बस्याल,यु.ए.ई ,पुस १९ -तमु समाज युएईको आयोजनामा फोरपैन्ट शेराटन होटेल बरदुबईमा गत ३० डिसेम्बर २०११ का दिन भव्यरुपमा तमुहरुको महान पर्व मुप्री ल्होसार सम्पन्न भएको छ | समाजका तत्कालिन अध्यक्ष राजु तमु को सभापतित्वमा समपन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावास युएईका महामहिम राजदुत श्री अर्जुन बहादुर थापा हुन्नुहुन्थ्यो भने विशेष अतिथिमा नेपालबाट उक्त प्रोग्रामको लागि पाल्नुभएका डा. ओम गुरुङ र वहाका श्री मति अमृता गुरुङ हुनुहुन्थ्यो र नेपालबाट आउनु भएका अथिति कलाकारहरुमा संजय गुरुङ, पार्वती गुरुङ, प्रेम गुरुङ, सम्झना गुरुङ र अन्जना गुरुङको उपस्थिति रहेको थियो | समाजका तत्कालिन महासचिव डि. आर गुरुङ र सदस्य पवित्रा गुरुङ द्वुरा संयुक्त रुपमा संचालन भएको उक्त कार्यक्रममा युएइमा रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको पनि ठुलो उपस्थिति रहेको थियो भने ल्होसार मनाउन आउने सर्बसाधारणले हल खचाखच भरिएको थियो |
बिरालो वर्गलाई सुखद विदाई गर्दै गिद्ध वर्गलाई स्वागत गर्न आयोजना गरिएको उक्त ल्होसार कार्यक्रममा कार्यक्रम संयोजक भोजराज घलेले उपस्थित महानुभावहरुलाई स्वागत गरेका थिए भने समाजको वार्षिक प्रतिवेदन प्रवक्ता भिम गुरुङले प्रस्तुत गरेका थिए | उक्त कार्यक्रममा तमु समाज युएइले विशेष अतिथि डा ओम गुरुङ, नेपाल बाट आएका पाँचै जना कलाकारहरु र तमु समाज युएईका भलिबल खेलाडीहरुलाई सम्मान पनि गरेको थियो l समाजका जेष्ठ नागरिक श्री मति गंगा मति तमुस्यो द्वारा गिद्ध वर्ग प्रवेश गरेका हरुलाई ग्रह शान्तिको लागि आशिर्बाद पनि दिईएको थियो |
कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदुत श्री अर्जुन बहादुर थापा र विशेष अतिथि डा ओम गुरुङले आफ्नो मन्तब्य राखेका थिए | ल्होसार शुभकामना मन्तव्य राख्दै महामहिम राजदुत अर्जुन बहादुर थापाले युएइमा जनजाती संघ संस्थाहरुले खेलेको भूमिकाको प्रसंसा र राजदुतावासलाई विभिन्न समयमा पुर्याएको सहयोगको निम्ति धन्यवाद प्रकट गरे |
वंहाले निकट भविष्यमा युएइका पत्रकारहरुलाई नेपाल भ्रमणमा पठाउने योजना रहेको पनि सोहि कार्यक्रममा खुलासा गरे | त्यसै गरि विशेष अथिति डा ओम गुरुङले नेपालमा तमु समाजको स्थापना, यसले विभिन्न समयमा तमु हरुको हितमा गरेका कार्य हरु, विदेशमा तमु समाजको उपादेयता आदि को बारेमा प्रकाश पार्दै नेपालमा हाल आएर प्रमुख राजनैतिक पार्टीहरु आत्मा निर्णय सहितको संघीय राज्य व्यवस्था , पहिचान र सामर्थ्यको आधारमा राज्यको स्थापना, समानुपातिक तथा सहभागीतामुलक प्रतिनिधित्व आदि विषयहरुमा हालसम्म भएका सहमतिहरुको विपरित विचार व्यक्त गर्न थालेकोमा सचेत रहन आव्हान गर्नु भयो| आदिवाशी जनजातिहरु विदेशिनु पर्ने कारण मध्ये सदियौ देखि केन्द्रिकृत एकात्मक शाशन प्रणालीको विभेदमा परेर पनि हो भन्दै विदेशमा रहेका आदिवाशी जनाजातिहरुबाट नेपालको आदिवाशी जनजाति आन्दोलनले नैतिक समर्थनको अपेक्षा गरेको विचार ब्यक्त गर्नु भयो |
यस वर्षको ल्होसार तमु समाज युएइको आगामी दुई बर्षे कार्यकालको लागि नया कार्य समितिको घोषणा सभापनि भएकोले सोहि कार्यक्रममा नव निर्वाचित कार्यसमितिको नामावली पनि घोषणा गरिएको थियो जस अनुसार अध्यक्ष डि. आर गुरुङ, वरिष्ठ उपाध्यक्ष खड्ग जंग गुरुङ, उपाध्यक्ष भोज राज घले, महासचिव नर गुरुङ, सचिव जितेन गुरुङ, कोषाध्यक्ष हरि गुरुङ, सहकोषाध्यक्ष शंकरमान गुरुङ, प्रवक्ता भिम गुरुङ, उद्दार विभाग प्रमुख थिर गुरुङ, सांस्कृतिक विभाग प्रमुख श्याम गुरुङ, सांस्कृतिक प्रमुख (महिला) ज्योति गुरुङ, सह सांस्कृतिक प्रमुख यमन गुरुङ, संगठन विभाग प्रमुख देव गुरुङ, उप प्रमुख मुनेंद्र गुरुङ, महिला प्रमुख पार्वती गुरुङ, उप प्रमुख उषा गुरुङ, खेलकुद प्रमुख इन्द्र गुरुङ, उप प्रमुख भिम गुरुङ, दुबई प्रमुख होम गुरुङ र अबुधाबी प्रमुख अनुपम गुरुङ रहनु भएको छ |
सांस्कृतिक संयोजक श्याम तमु र साथीहरुको समुहको स्वागत गीतबाट शुरु गरिएको दोश्रो चरणको सांस्कृतिक कार्यक्रम गुन्ज मान गुरुङ, पवित्रा गुरुङ, उषा गुरुङ र ज्योति गुरुङले पालै पालो संचालन गरेका थिए | नेपालबाट आएका कलाकारहरु अन्जना गुरुङ, संजय गुरुङ, पार्वती गुरुङ, प्रेम गुरुङ, सम्झना गुरुङको वेजोड प्रस्तुतिले कार्यक्रमको रौनक बढाएको थियो भने स्थानीय कलाकारहरु यमन गुरुङ, अमृत गुरुङ, राजेश गुरुङ, ज्योति गुरुङ, भावना ढकाल, पुर्णिमा गुरुङ, जय घले, तारा बहादुर गुरुङ, चुमाया गुरुङ, निरु गुरुङ, अमृता गुरुङ, मिर सुब्बा गुरुङ, वसन्ती गुरुङ आदिको गित, नृत्य तथा हास्य प्रहशनले दर्शक हरुलाई नचाएको थियो | कार्यक्रममा गुरुङ भेष भूषा पनि प्रदर्शन गरिएको थियो जसमा प्रथम दृतिय र तृतीय हुने सहभागीहरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो | उक्त कार्यक्रममा लिल गुरुङ ले प्रस्तुतु गरेको मातृभुमि भन्ने निबन्धले दर्शकहरुको वा वा पनि पाएको थियो |