|

बिरामी बोक्ने एम्बुलेन्समा ब्राउन सुगर

 दाङ पुस १९- एउटा एम्बुलेन्समा ब्राउन सुगर फेला परेको छ। दाङको तुलसीपुरबाट सञ्चालित नेपाल भारत मैत्रीसंघको एम्बुलेन्समा प्रहरीले सोमवार राती २ सय ग्राम ब्राउनसुगर फेला पारेको हो। एम्बुलेन्सका चालकसहित त्यसमा रहेका अन्य दुईजनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपालगञ्जमा विरामी छाडेर तुलसीपुरमा सञ्चालित नेपाल भारत मैत्री संघको रा १ च २९० नंवरको एम्वुलेन्सलाई इलाका प्रहरी कार्यालयले तुलसीपुरको अति व्यस्त गुम्राह चौकमा ब्राउन सुगर सहित पक्राउ गरेको हो।

सोमवार बिहानै तुलसीपुरका एक व्यापारीको घरमा बम फेला परेपछि प्रहरीले दिनभर जसो सुरक्षा चेकजांचलाइ तिब्र पारेको थियो। त्यसै क्रममा एम्वुलेन्समा विरामी बोके जस्तो नदेखिएपछि रोकेर जाँच गर्दा ब्राउनसुगर फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सहायक प्रहरी निरिक्षक चन्द्रसिंह ओझाले जानकारी दिए। एक ग्राम ब्राउन सुगर कम्तीमा १५ हजार रुपैयाँका दरले किनबेच हुन्छ। राजन पुरी, छवि केसी र चालक निमलाल ज्ञवाली रहेका छन्। एम्वुलेन्सले यसरी लागु औषध बोकेको अवस्थामा पक्राउ परेको घटना जिल्लामै पहिलो हो।
                                                                                                                                       स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 6:57 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बिरामी बोक्ने एम्बुलेन्समा ब्राउन सुगर"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु