|

छोराको कुटपिटवाट बाबुको मृत्यू

लमजुङ, पुस १९ -जिल्लाको विकट गाउँ सिङ्दीमा आफ्नै छोराको कुटपिटवाट एक ब्यक्तिको मृत्यू भएको छ । पसगाउँ ३ सिङ्दीका ४३ बर्षीय डम्बरसिंह विकको छोराको कुटपिटवाट सोमबार मृत्यू भएको हो ।

मदिरा सेवन गरेर श्रीमती चुनुमाया विकसंग झगडा गरेका डम्बरसिंहलाई आफ्नै छोरा विरतमान विक, डम्बरसिंहका भतिज नरबहादुर विक र श्रीमतीकी दिदीकी छोरा मनराज विकले आइतबार कुटपिट गरि गम्भीर घाईते बनाएका थिए । उपचारको क्रममा डम्बरसिंहको सोमबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

गिलुङ प्रहरी चौकीले घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धन भैरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । सदरमुकाम वेसीशहरवाट मुस्किलले १ दिनमा पुग्न सकिने सिङ्दीवाट शव सदरमुकाम बेंशीसहर ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
                                                                                                                                       स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 1:56 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "छोराको कुटपिटवाट बाबुको मृत्यू"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु