|

दलितको हत्या विरुद्ध बाग्लुङ र रुकुम बन्द


बागलुङ, पुस १ - कालिकोटमा चुलो छोएको आरोपमा स्थानीयको कुटपिट बाट मृत्यु भएका मनविर सुनारका 'हत्यारा' लाई कारवाही माग गर्दै दलित उत्पिडित समुदायको संजालले शुक्रवार बागलुङ जिल्ला बन्द गराएको छ ।
 बन्दको कारण जिल्लाका शिक्षण संस्था, कलकारखाना, यातायात, बजार र सम्पूर्ण क्षेत्र ठप्प भएको छ । बन्दले क्याम्पसमा पढाइ संचालन हुन सकेन भने विहान पढाइ हुने विद्यालयहरु पनि सुनसान भएका थिए ।
'हत्या गर्नेलाइ कारवाही नभएसम्म देश व्यापी रुपमा बन्द गर्दै जाने समुदायले निर्णय गरेको छ' समुदायका अध्यक्ष धनबहादुर परियारले भने,'२१ औं शताव्दीमा पनि छुवाछुतको कारणले एउटा दलितले ज्यान गुमाउनु पर्ने अवस्था सदाका लागि अन्त्य गर्नका लागि बन्द आयोजना गरिएको हो ।' कालिकोटको जुविभा- ४ का स्थानीय जसबहादुर शाहीको होटलमा चुरोट सल्काउन खोज्दा उनी लगायत स्थानीयको कुटपिट बाट ३१ बषिर्य सुनारको मृत्यु भएको थियो । घटनाको दलित तथा अन्य अधिकारकर्मीहरुले पनि विरोध गरेका छन् ।
                                                                                                                                            स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 10:11 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दलितको हत्या विरुद्ध बाग्लुङ र रुकुम बन्द"

Leave a reply