नगरपालिकाले दिने सेवा र सुबिधाको गुणस्तरियता बिषयक सार्वजनिक सुनुवाई सम्पन्न
नेपालगन्ज पुस १ - नेपालगन्ज नगरपालिका र बागेश्वरी असल शासन क्लब (बास) को आयोजनामा नगरपालिकाले दिने सेवा र सुबिधाको गुणस्तरियता बिषयक सार्वजनिक सुनुवाई आज सम्पन्न भएको छ ।
नेपालगञ्जको कोरियनपुर स्थित आाब बगियामा सम्पन्न सार्वजनिक सुनुवाईको अन्तमा ६ बुादे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएकोछ ।
घोषणा गरिएका प्रतिबद्धताहरुमा नगरपालिकालाई चुस्त, दुरुस्त र पारदर्शी बनाउने, नगरपालिकालाई :ऋए: मा अब उप्रान्त अनुतिर्ण हुन नदिने, नगरपालिकाद्धारा संचालन हुनु पर्ने लक्षित बर्गका कार्यक्रम प्रभाबकारी ढंगले संचालन गर्ने, नगरपालिकाका बिभिन्न पूर्बाधारहरु जो संकटमा छन्, तिनको जिर्णाेद्धार, मर्मत सम्हार गर्ने, नगरपालिकाका बिषयमा आउने गुनासोहरुको सहि व्यवस्थापन गर्न र तत्काल सुनुवाई गर्नका लागि एक जना गुनासो अधिकृत तोक्ने र हेल्प डेस्कको व्यवबस्था गर्ने र हरेक बर्षको दुई पटक व्यापक जनसहभागितामा सार्वजनिक सुनुवाई गर्ने रहेका छन् ।
सो प्रतिबद्धतामा नेपालगञ्ज नगरपालिकाका कार्यकारी अधिकृत बिरेन्द्र देब भारति, नेपाली कााग्रेशका प्रतिनिधि प्रशान्त बिष्ट, नेकपा एमालेका दत्त प्रसाद आचार्य, नेमकिपाका नरहरि नाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका दमन कुमार श्रेष्ठ, एमालेका आमिर के.सि. र नेपाली जनता दलका छोटेलाल खटिकले हस्ताक्षर गरेका छन् ।
बास निर्देशक नमस्कार शाहले संचालन गरेको सुनुवाईको शुरुमा कार्यक्रमका संयोजक हेमराज भट्टले उद्धेश्य माथि प्रकाश पारेका थिए भने सचिब राधिका गिरीले स्वागत मन्तव्य व्यक्त गरेकि थिईन् ।
नेपालगञ्ज नगरपालिकाद्धारा सम्पादित केही कामहरुको बारेमा तयार पारिएको डकुमेन्ट्रि प्रस्तुत गरिएको कार्यक्रममा सरोकारवालाहरुलाई करिब दुई घण्टा स्थानीयबासीहरुले नगरका बिभिन्न समस्याहरुका बारेमा प्रश्न तेर्याएका थिए, जसको उत्तर सरोकारवालाहरुले दिएका थिए । कार्यक्रममा २ सय बढि नागरिकहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेपालगञ्ज कोरियनपुर स्थित आाप बगियामा सम्पन्न भएको थियो ।