भारतमा विषाक्त मदिराका कारण १ सय ४३ जनाको ज्यान गयो
कोलकाता (एजेन्सी), पुस १ - भारतको पश्चिम बंगालमा सहरका झुपडी र गाउँहरूमा प्याकेटको दस रुपैयाँ पर्ने 'देसी दारु' कम्ती लोकपि्रय थिएन । तर मंगलबार रातिबाट यो अवैध मदिराले यहाँ ठूलै आतंक फैलाएको छ । मदिरा सेवनपछि कम्तीमा १ सय ४३ जनाले ज्यान गुमाइसकेका छन् । अरू सय जनाभन्दा बढी बिरामी अस्पतालमा उपचार गराइरहेका छन् ।
साउथ ट्वान्टी फोर पर्गनास जिल्लाका १२ वटा गाउँका बासिन्दा मदिरा सेवनपछि बिरामी परेका हुन् । संग्रामपुर, मग्राहत, उस्थी, मन्दिरबजारलगायतका क्षेत्र बढी प्रभावित छन् । प्रहरीले कारबाही गर्ने डरले अस्पताल नगएपछि केहीको घरमै मृत्यु भएको थियो । बिरामीको अवस्था गम्भीर भएकाले ज्यान गुमाउनेको संख्या बढ्नसक्ने चिकित्सकहरूले बताए ।
कोलकाता नजिकैको डाइमन्ड हार्बर अस्पतालमा मंगलबार रातियता बिरामी ओइरिरहेका छन् । बिरामी धेरै भएकाले सबैलाई बेड पुगेको छैन । सलाइन झ्यालमा अड्याएरसमेत उपचार भइरहेको छ ।
अस्पताल बाहिर शवगृहमा आफन्तहरू रोइकराई गरिरहेका छन् । परिवारको कमाइ गर्ने छोरो गुमाएपछि संग्रामपुरकी ५० वषर्ीया एक महिला अस्पताल बाहिर ७ वषर्ीया नातिनी काखमा लिएर बिलौना गरिरहेकी थिइन् ।
पश्चिम बंगाल सरकारले मृत्युबारे छानबिन गर्न निर्देशन दिएको छ । मुख्यमन्त्री ममता वनर्जीले गैरकानुुनी मदिरा उत्पादन र बिक्रीविरुद्ध कडा कारबाही गर्ने बताइन् । उनले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरिन् । ढिला अस्पताल आइपुगेकाले मृत्यु हुनेको संख्या बढेको चिकित्सक सैकत कुन्दुले बताए ।
मृतकका आफन्तहरू मदिरा उत्पादकप्रति क्रुद्ध छन् । आफूले अस्पताल ल्याएका सबै छ जनाको मृत्यु भएको उल्लेख गर्दै अन्वर हसन मुल्लाहले भने, 'प्रहरीले यो किन रोक्न सक्दैन ? मैले बुझ्न सकेको छैन, उनीहरू -उत्पादक) सँग के सम्बन्ध छ ?'
क्यानमा प्याक गरिएका यस्ता मदिरा बस र रेलबाट बिक्री वितरण हुने गरेको छ । खुद्रा व्यापारीले यसलाई प्याकेटमा भरेर बिक्री गर्छन् । स्थानीय गैरसरकारी संस्थाका अनुसार एमोनियम नाइट्रेड र थप फ्लेवर मिसाइएका कारण मदिरा विषाक्त बनेको हो । यस्तो मदिरा सेवन गर्नेहरू वान्ता गरी बिरामी पर्ने गरेका छन् ।
यसैबीच प्रहरीले चारवटा 'ब्रुअरी' मा छापा मारेको छ । स्थानीय बासिन्दाका अनुसार गोचरण क्षेत्रमा अवैध ब्रुुअरी छन् । ती निर्वाध चलेका छन् । भारतमा विषाक्त मदिराका कारण धेरैको ज्यान जाने गरेको छ । गुजरात, मिजोरम र नागाल्यान्डले अवैध मदिरामाथि प्रतिबन्ध लगाएका छन् । गुजरातमा २००९ मा १ सय ७ जनाको विषाक्त मदिराले ज्यान गएको थियो । त्यहाँ दुई साताअघि मात्रै मदिरासम्बन्धी कडा कानुन ल्याइएको हो । यस्तै विषाक्त मदिराले उत्तरप्रदेशमा २००९ सेप्टेम्बरमा ३० र तमिलनाडुमा २०१० फेब्रुअरीमा १० जनाको मृत्यु भएको थियो ।
स्रोत :कान्तिपुर