|

कोरियामा अबैधानिक रुपमा काम गर्दै आएका नेपालीहरु समातिए

सोल, पुस १ - दक्षिण कोरियाली सरकारले देशमा अबैधानिक प्रवासी कामदारहरुको संख्या कम गर्न दुई प्रकारको भीषा प्रणालीमा परिवर्तन गरे पनि कानुनको प्रभावकारी पालना नभएपछि विभिन्न औद्योगिक क्षेत्रहरुमा ब्यापक धरपकड सुरु गरेको छ ।

यस धरपकडबाट यसै हप्ता मात्र अबैधानिक रुपमा काम गर्दै आएका नेपाली सम्पर्क समितिका अध्यक्ष डेभिड राई र नेकपा एमाले पार्टीको भातृ संगठन नेपाल लोकतान्त्रिक मंच कोरियाका अध्यक्ष नरेन्द्र चेम्जोङ सहित २० भन्दा बढी नेपालीहरु कोरियाली अध्यागमन विभागका कर्मचारीहरुबाट समातिएका छन् ।

प्रवासी मजदूर युनियन कोरियाका एक कर्मचारीका अनुसार यो महिनामा मात्र विभिन्न देशका पाँच सयभन्दा बढी मजदूरहरू समातिएका छन् ।

अध्यक्ष राईले ३० भन्दा बढी संस्थाहरुको तर्फबाट आउँदो शनिबार हुने कोरियाका लागि पहिलो नेपाली राजदूत कमलप्रसाद कोइरालाको बिदाई कार्यक्रमलाई संयोजन गरिरहेका थिए भने अर्का अध्यक्ष चेम्जोङले पनि किरात याक्थुङ चुम्लुङ कोरियाले आइतबार मनाउन लागेको ५०७१ औं चासोक तङ्नाम कार्यक्रमको संयोजन गरिरहेका थिए |

दिनानु दिन अबैधानिक प्रवासी कामदारहरूहरुको संख्या बढ्न थालेपछि गत महिनामात्र सोल अध्यागमन विभागले विभिन्न देशका उपनियोग प्रमुखहरुलाई बोलाएर आ-आफ्नो देशका अबैधानिक कामदारहरुलाई देश फर्काइ दिन प्रस्ताब गरेको थियो । अक्टोबर २३ मा यहाँको कानुन मन्त्रालयले एक सूचना जारी गर्दै नोभेम्बर महिनादेखि अबैधानिक कामदारहरुलाई जुनसुकै ठाउँबाट पनि समात्न सकिने जनाएको थियो । हाल कोरियामा १ लाख ७० हजारभन्दा बढी अबैधानिक कामदारहरु रहेका छन् । यो बर्षको अन्त्यमा मात्र ईपीएसबाट प्रवेश गरेका ३३ हजार कामदारको भीषा अवधि समाप्त हुँदैछ ।
                                                                                                                                         स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 2:02 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कोरियामा अबैधानिक रुपमा काम गर्दै आएका नेपालीहरु समातिए"

Leave a reply