|

कुराकानी चलचित्र जीवनलीलाका कार्यकारी निर्माता किरण चित्रकारसंग




काठमाण्डौं भित्र र बाहिरबाट एकै साथ प्रदर्शनमा आएको चलचित्र जीवनलीलाका कार्यकारी निर्माता किरण चित्रकार संग  चलचित्रका विषयमा बुटवल अनलाइनका लागि पत्रकार मुक्तिप्रसाद न्यौपानेले गर्नुभएको कुराकानी ।
संग






१. यो कस्तो किसिमको चलचित्र हो ?

  • यो विशुद्ध मौलीक गाउँ ले परिवेशमा निर्माण गरिएको यथार्थपरक माया मोहलाई समेटेर तयार पारिएको चलचित्र हो ।

२. चलचित्रमा कस्तो विषयवस्तुलाई उठान गरिएको छ ?

  • यसमा दाजु र बहिनीको कहानीको साथमा बाबुले छोरालाई गर्ने मायालाई दर्शाउन खोजीएको छ । पाल्पाको ६५ वटै गाविसमा अधिकांश लाङ्घाली वस्ती रहेको कारणले पनि लाहुरे परिवेश यसमा समेटिएको छ ।

३. पाल्पालाईनै छायाङ्कनको क्षेत्र रोज्नुमा के कारण छ ?

  • पहिलो त हामि पाल्पाली मिलेर निर्माण गरेका छौं, त्यसका अतिरिक्त पनि पाल्पामा चलचित्र निर्माणका लागि धेरै यस्ता ठाउाहरु रहेकाछन् तिनीहरुलाई प्रवद्र्धन गर्न पनि यहि छायाङ्कन गरेका हौं ।

४. किन चलचित्रमा नाम चलेका कलाकारलाई राख्नु भएको छैन ?

  • नयाा कलाकारले पनि राम्रो गर्न सक्छन् तिनीहरुलाई माथि उठाउने प्रयास हामिबाटै शुरु गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । गोर्खा पल्टन चलचित्रमा राम्रो भूमिका निर्वाह गर्न सफल झुपेलाई मुख्य भूमिका दिइएको छ, फेरी नयाा कलाकारलाई तिर्नु पर्ने पैसा तिर्न हामि असमर्थ पनि भएर हो ।

५. के जीवनलीलाले अहिलेको प्रतिस्पर्धी चलचित्र बजारसाग प्रतिस्पर्धी बन्न सक्छ ?

  • मेरो मनको कुरा सोध्नुभयो, सिजनमा हामिलाई ठूला कलाकारले ठाउं दिनुभएन त्यसकारण हामि अफ सिजनमा चलचित्र रिलिज गर्न बाध्य भयौं बच्चादेखी बुढासम्मको मन छुने विषयवस्तु भएकै कारण यसले प्रतिस्पर्धा गर्न सक्छ भन्ने लागेको छ ।

६. प्रचार प्रसारलाई कत्तिको सशक्त बनाउनु भएको छ ?

  • प्रचार भन्दा पनि यो चलचित्र हेरिसकेपछि एक व्यक्तिले धेरैलाई प्रचार गर्छन् भन्ने हाम्रो विश्वास छ ।

७. लगानी कति गर्नुभयो नि ?

  • २८ लाखमा निर्माण सम्पन्न गर्ने भन्ने अनुमान गरिए पनि अहिले निर्माण सम्पन्न भएर प्रदर्शन गर्ने तयारीसम्म आइपुग्दा करिब ४० लाख लागेको छ ।

८. यत्रो लगानीलाई धान्न सक्ला ?

  • पक्कै पनि, च्यारिटी सो बाटै पनि हामिलाई पूर्ण विश्वास भएको छ लगानी अनुसारको प्रतिफल प्राप्त हुने छ ।

९. राजनीतिले चलचित्रकर्मी र चलचित्रलाई केही असर परेको छ ?

  • पदमा बस्ने राजनीतिभन्दा पनि फिल्मी राजनीतिले गर्दा भनेको समयमा चलचित्र प्रदर्शनमा आउन सकेन त्यसैले पनि केही हलहरुमा यो चलचित्र पौष ८ गतेबाट प्रदर्शन हुने छ ।

१०. अन्तिममा तपाईलाई माया गर्ने दर्शक तथा पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?

  • चलचित्र मन छुने खालको छ त्यसमा पनि गाउँले आफ्नै परिवेश र माया हामिले पाउनेनै छौं भन्ने आशा बोकेका छौ पक्कै पनि सार्थक हुने छ ।

११. समय दिनुभएकोमा धेरै धन्यवाद ।

  • हाम्रा कुराहरु राख्ने समय दिनुभएकोमा सम्पूर्ण अनलाइन परिवार र तपाईलाई पनि मेरो व्यक्तिगत र जीवनलीला युनिटको तर्फबाट धन्यवाद ।

Posted by Butwalonline on 12:19 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कुराकानी चलचित्र जीवनलीलाका कार्यकारी निर्माता किरण चित्रकारसंग"

Leave a reply