कारागार भित्र कैदी बीच आपसमा हानहानहुँदा चार जना घाइते
भरतपुर, मंसिर २० - चितवनको भरतपुर स्थित जिल्ला कारागारमा मंगलबार बिहान कैदी बीच झडप भएको छ । जिल्ला प्रहरीका अनुसार झडपमा चार जना घाइते भएका छन् ।
आपसमा विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ । झडपमा प्रदीप भट्ट, वद्री ढुङगाना, शिवप्रसाद पौडेल र मदन परियार घाइते भएका छन् । घाइते मध्ये शिवप्रसाद पौडेल र मदन परियारको अवस्था गम्भीर रहेको कारागारले जनाएको छ । घाइतेको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
कैदी बीच भनाभन भएपछि कारागार भित्र रहेको खानेपानी धाराको हण्डिल, डाडु पनेउ, भाडाले हानहान गरेको कार्यालयले जनाएको छ । घाराको हण्डिलले टाउकोमा हान्दा कैदी शिव पौडेल र मदन परियारको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।
कारागारमा अहिले प्रहरी उपरीक्षक खिनु प्रसाद आचार्यको नेतृत्वमा अनुसन्धानका लागि टोली खटिएको छ ।
स्रोत : कान्तिपुर