|

राजधानीमा एक जना युवाको घाँटी रेटेर हत्या

काठमाडौ, मंसिर २० - ललितपुरमा सुन पसलका एकजना कामदारको हत्या भएको घट्ना सेलाउन नपाउँदै काठमाडौंको पेप्सीकोलामा एक जना युवाको हत्या भएको छ । पेप्सीकोला–३५ निवासी २७ वर्षीय गोविन्द ढुंगानाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव मंगलबार बिहान फेला परेको छ ।

विभत्स तरिकाले हत्या गरिएको अवस्थामा ढुंगानाको शव उनको घर नजिकैको गल्लीमा भेटिएको छ । बिहान पानी लिन हिडेकाहरुले ढुंगानाको शव देखेका थिए । मृतक ढुंगाना नेपाल वायु सेवा निगममा कार्यरत थिए । सोमबार राति उनको हत्या गरिएको प्रहरीले बताएको छ ।

घट्नास्थलबाट रक्सीका बोतल,जग प्लेट, गिलास लगायतका सामग्री भेटिएको छ । त्यहाँ आगो समेत बालिएको छ । प्रहरीले घट्नाबारे अनुसन्धान थालेको छ । स्थानीय एक होटल व्यवसायी सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ ।
                                                                                                                                        स्रोत : कान्तिपुर 

Posted by Butwalonline on 7:09 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राजधानीमा एक जना युवाको घाँटी रेटेर हत्या"

Leave a reply