नेपाल १२ बर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा
काठमाडौ, मंसिर २० - पाकिस्तानसँग १–१ को बराबरी नतिजा निकाल्दै नेपाल १२ बर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि नेपाल सन् १९९९ मा सेमिफाइनल पुगेको थियो ।
एक जित र दुई बराबरीसँगै नेपालले समूह ‘बी’ मा ५ अंक बनाएको छ । तीनै खेल बराबरीमा टुंग्याएको पाकिस्तानको ३ अंक छ । एक खेल कम खेलेका माल्दिभ्सको २ र बंगलादेशको १ अंक छ । यी दुई समूहको अन्तिम खेलमा ६:१५ बजे खेल्दैछन् ।
माल्दिभ्स र बंगलादेशवीच खेलको नतिजाले सेमिफाइनल प्रवेश गर्ने दोस्रो टिमको निर्णय गर्नेछ । उक्त खेल जित्ने टिम अन्तिम चारमा पुग्नेछ । यस्तोमा पाकिस्तान समूहबाटै बाहिरिनेछ । बराबरी भएमा माल्दिभ्स र पाकिस्तानको समान ३–३ अंक हुनेछ । यस्तोमा गोल अन्तर, कार्ड वा हेड टु हेड निर्णायक बन्नसक्नेछ ।
बराबरी नतिजा वा बंगलादेश विजयी भएकोस्थितिमा नेपाल समूह विजेता हुनेछ । माल्दिभ्स विजयी रहे समूहमा पहिलो स्थान हात पार्ने टिमको छिनोफानो गोल अन्तर, कार्ड वा हेड टु हेडको आधारमा हुनसक्नेछ ।
सेमिफाइनलमा समूह बी विजेताले समूह ए को उपविजेता भिड्नेछन् । अर्को सेमिफाइनल भिडन्त समूह ए विजेता र समूह बी उपविजेतावीच हुनेछ । समूह ए मा नेपाल, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् । समूह बी मा भारत, अफगानिस्तान, श्रीलंका र भुटान छन् ।
स्रोत :कान्तिपुर