|

जलविद्युतले गाउँ उज्यालो रोजगारीसंगै खेतीपाती फस्टायो


मुक्तिप्रसाद न्यौपाने,मंसिर २२, पाल्पा-शहर बजार लोडसेडिङ्गले अन्धकारमय हुदै गएकोवेला दोभान ९ खुर्साने पाल्पाका जनताले स्थानिय रुपमै विद्युत उत्पादन गरेर लोडसेडिङ्ग मुक्त भएका छन ।२०६० सालमा ३.५ किलोवाट बाट शुरु गरिएको लघुजलविद्युत अहिले अन्य ठाउका जनताको पनि विद्युतको माग आएपछि बढाएर केही समय देखी १०.५ किलोवाट उत्पादन गर्दै आएको अपरेटर बल बहादुर क्षेत्रीले बताए । अहिले गाउँ देखी बाहिर खुलखुले, भुताह, आरकुट्टि लगायतका गाउमा करीब १ सय घरपरिवारमा विद्युत विस्तार गरिएको लघुजलविद्युत परियोजना व्यबस्थापन समितिका अध्यक्ष थानेश्वर घिमिरेले बताए ।

समुहभित्रका घरपरिवारमा प्रति युनिट १ रुपैया महशुल लिने गरिएको छ भने समुह वाहिर प्रतियुनिट १ रुपैया ५० पैसा लिने गरेको घिमिरेले बताए । गाउँमा विद्युतको माग बढ्दै गएका थप ३.५ किलोवाट विद्युत उत्पादन गर्ने तयारीमा आफुहरु लागेको उनले बताए । विद्युत उत्पादनको लागी ग्रामिण आर्थिक विकास संघ रेडा पाल्पाले सहयोग गर्दै आएको छ । शुरुका दिनमा त निकै दुख गरीयो, गाउमा बिजुली बाल्नकै लागी भनेर १ घरपरिवार बाट १ बर्ष सम्म श्रमदान गरेको स्थानियवासि सेमकली विकले बताइन् ।

खुर्सानेवासिले विद्युत उत्पादन गरिसकेपछिको पानी समेत लाई उपयोगमा ल्याएका छन । अहिले बिधुत उत्पादनको पानी बाट ५ सय रोपनी खेतमा बाहै्र महिना सिचाई सुबिधा पुगेको छ । सिचाई राम्रो सुबिधा भएपछि किसानहरुले तरकारी खेती तथा अन्य नगदे  वाली उत्पादन गरेर राम्रो फाइदा लिदै आएका छन । हामिले यति राम्रो सुबिधा होला, अन्य गाउ गाउमा बिजुली बिक्रि गरेर आम्दानी होला भनेर कल्पना पनि गरेका थिएनौ गाउँबासी बताउछन् । बर्षायाममा मात्र धान उत्पादन हुने खेतमा सिचाइको सुबिधा पुगेपछि ३ वटै सिजनमा बिभिन्न नगदे वालीको साथै तरकारी खेतीबाट स्थानिय जनताको आय आर्जनमा बृद्धि भएको छ ।
विद्युत उत्पादनको पानी बाटै खुर्सानेवासिले कुटानि पिसानी गर्ने मिल संचालन गरेका छन ।

 समुहका सदस्यलाई आय आर्जन बृद्धि होस भनेर समुहभित्रै बाट  मिल सञ्चानको व्यबस्था गरिएको छ । मिल सञ्चालन गरेवापत समुहको कोषमा बार्षिक २२ हजार राख्नुपर्ने अन्य आम्दानी राख्ने समुहको नियमलेृ मिल सञ्चालकले पनि बार्षिक रुपमा करीब १ लाख रुपैया आम्दानी गर्ने गरका छन । गाउमै समुहले मिल संचालन गरेपछि स्थानियवासिले सस्तो दरमा कुटानी पिसानी गर्दै आएका छन । खुर्सानेवासिले उत्पादन गरेको विद्युत आफैले मात्र प्रयोग गरेका छैन अन्य गाउमा बिक्रि बितरण गरेर राम्रो आम्दानी गर्दंै आएका छन । गाउामा विद्युत उत्पादन संगै प्रत्यक्ष रुपमा ४ जनाले रोजगारी पाएका छन ।


Posted by Butwalonline on 7:56 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जलविद्युतले गाउँ उज्यालो रोजगारीसंगै खेतीपाती फस्टायो"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु