ट्रकले ठक्कर दिंदा एक वृद्धको मृत्यु
धनकुटा, मंसिर २९ - कोसी राजमार्गको धरान-धनकुटा सडक खण्ड अन्तर्गत मुलघाटमा बिहीबार बिहान ट्रकले ठक्कर दिंदा एक वृद्धको मृत्यु भएको छ ।
धरानबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको ना.४.ख ८७५ नम्बरको मालबाहक ट्रकले बुढीमोरङ् ६ का ६५ वर्षीय झ्यापी मगरलाई बिहान साढे चार बजे ठक्कर दिंदा उनको घटनास्थलमा नै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
सडकमा हिडिरहेका मगरलाई ठक्कर दिएको थियो । चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्रोत :कान्तिपुर