आफ्नै बाबुलाई खुर्पा प्रहार गरि हत्या
तनहुँ, मंसिर २६ - छाङ्ग ७ घडेरी निवासी ५२ वर्षीय होमवहादुर गुरुङ्गलाई आफ्ना २३ वर्षीय जेठा छोरा अनिलले खुर्पा प्रहार गरी आईतवार साँझ हत्या गरेका छन् ।
छोरा अनिलले घाँटी पछाडीवाट खुर्पाले मार हानेकाले घटनास्थलमा नै वावु होमवहादुरको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी सहायक निरीक्षक रेशमवहादुर खड्काले वताए । प्रसनी खड्काले खुर्पा प्रहारवाट मृतक होमवहादुरको घाँटी पूर्णरुपमा नछिनिएपनि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हुन सक्ने वताए ।
आईतवार साँझ स्थानीयले प्रहरीलाई खवर गरेपछि प्रसनी खड्काको नेतृत्वमा गएको ५ जना प्रहरीको टोलीले खुर्पा प्रहार गर्ने अनिललाई नियन्त्रणमा लिएको छ । अनिलले वावुको हत्या गरेको प्रहरीसँग स्विकारी सकेको छन् ।
अनिल लागुपदार्थको दुव्र्यसनी भएको र केही दिन अघिदेखि अनिलले घर परिवारमा अनावश्यक झै झगडा गर्दै आउने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको समेत प्रसनि खड्काले वताए । मृतक होमवहादुरको शव स्थानीय स्वास्थ्य चौकीमा राखिएको छ ।
स्रोत :कान्तिपुर