ट्रकले किचेर तीन जना पैदल यात्रुको मृत्यु
जनकपुर, मंसिर १४ - महेन्द्र राजमार्गस्थित धनुषाको पुष्पलपुरमा बुधबार अपरान्ह एक ट्रकले किचेर तीन जना पैदल यात्रुको मृत्यु भएको छ । ना.३.ख ५६११ नम्बरको ट्रकले किच्दा पुष्पलपुर–८ का ६ वर्षीय सीमा घिसिङ, ८ वर्षीय रीमा घिसिङ र ५५ वर्षीय अष्टबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
दुई जनाको घट्नास्थलमै मृत्यु भएको थियो भने रीमाको जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको छ । गम्भीर घाइते ८ वर्षीय रोशन श्रेष्ठलाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको छ । स्थानीयवासीले केहीबरे राजमार्ग अवरुद्ध गरेपछि प्रहरीको प्रयासमा राजमार्ग खुलाइएको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।
स्रोत : कान्तिपुर