कैदीहरु आपसमा कुटाकुट हुँदा एकदर्जन कैदी घाइते
चितवन, मङ्सिर १४-आफन्तलाई फोन गर्ने समय र पैसाको विषयमा विवाद हुँदा मकवानपुर स्थित क्षेत्रिय कारागार भिमफेदीमा एकदर्जन कैदी घाईते भएका छन्। बुधबार दिउसो फोनगर्ने समयमा जेलमा बढी हैकम चलाउन खोज्ने कैदीकरु डेनी लामा,टासी लामा,सगुन श्रेष्ठ लगायतको टोलीले आफुहरुले बढी समय फोन गर्न पाउनु पर्ने पैसा पनि आफूहरु नै उठाउने भनेपछि अर्को पक्षका कैदीहरु प्रतिवादमा उत्रिएका थिए। दुई पक्षको विवादबीच दाउरा हानाहानसँगै कुटाकुट हुँदा एकदर्जन कैदी घाइते भएका हुन्।
घटनामा गम्भिर घाईते हुनेमा मकवानपुर हटियाका ईश्लोक लामा,मनहरीका राजु लामा,गंगा थिङ,आनन्द स्याङतान,राजकुमार मोक्तान छन। त्यस्तै मकवानपुरकै शैलेन्द्र अधिकारी,सुरेश परियार,सम्शेर अंसारी ,सर्लाहीका विजय अधिकारी लगायत घाईते भएका छन। उनीहरुको हेटौडा अस्पतालमा उपचार भैहरको जिल्ला प्रह्री कार्यालय मकवानपुरले जनाएको छ।
दिउसो फोनको विषयमा विवाद हुँदा दाउराका चिर्पटले हानाहान गरेछन्', मकवानपुरका प्रहरीप्रमुख श्याम खड्काले भने- 'बढीको टाउकामा चोट लागेको छ। ' उनका अनुसार बलियो समुहले आफुहरुले पन्द्र मिनेट भन्दा बढी कुरा गर्न पाउनुपर्ने बताएपछि विवाद चर्केको थियो।
कारागारमा कैदीहरुले पन्द्र मिनेट मात्र फोन गर्न पाउने र सहमतीमा एक समुहले पैसा उठाएर तिर्ने व्यवस्था छ।

स्रोत :नागरिक न्युज