|

सभासदको श्राद्ध गर्ने शर्मा गिरफ्तारमा

विजय  दमासे,अर्घाखाँची ,  मंसिर १४ -समयमानै संविधान जारी नगरेको भन्दै ६०१ जना सभासदको श्राद्ध गदै आएका एक व्यक्ती श्राद्ध गर्ने क्रममा गिरफ्तारमा परेका छन् । बर्दिया घर भएका राकेश शर्मा जननिर्वाचित ६०१ जना सभासदले संविधान समयमानै नलेखि  जनतालाई धोका दिएको भन्दै उनले बुधबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको शान्ति बगौचामा श्राद्ध गर्ने तयारी गदौ रहादा प्रहरीले उनलाई गिरफ्तार गरेको हो । देशको विभिन्न जिल्लामा गई संविधान सभाका ६०१ जना सदस्यको श्राद्ध गदै आएका राकेशले यसपटक मंसिर १४ गते पारी उनले श्राद्ध सन्धिखर्कमा गर्ने तयारी गरिहादा उनलाई प्रहरिले  नियन्त्रणमा लिएको हो । प्रहरीले गिरफ्तारमा लिएका शर्मालाई बुधबारनै आवश्यक प्रक्रिया पुर्‍याई छोडि दिएको छ ।

Posted by Butwalonline on 6:34 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सभासदको श्राद्ध गर्ने शर्मा गिरफ्तारमा"

Leave a reply